ठाटीकाँध गाउँपालिकाले बजार क्षेत्र फराकिलो सँगै कालोपत्रे गर्दै

ठाटीकाँध गाउँपालिकाले बजार क्षेत्र फराकिलो सँगै कालोपत्रे गर्दै

ठाटीकाँध  ।   दैलेखको ठाँटिकाँध गाउँपालिकाले ठाटीकाँध बजार क्षेत्र फराकिलोसँगै कालोपत्रे गर्ने भएको छ । ठाटीकाँध गाउँपालिकाको साँघुरो रहेको ठाटीकाँध बजारलाई फराकिलोसँगै कालोपत्रे गरिने भएको हो ।

 बजार क्षेत्र साघुँरो हुँदा यातायातको आवागमन लगाएत आवतजावतमा कठिनाई भोग्दै आएको बजार क्षेत्रलाई यतिबेला गाउँपालिकाले फराकिलो पार्ने काम भइरहेको ठाटीकाँध गाउँपालिका कार्यक्रम संयोजक भूपेन्द्र शाहीले बताउनुभयो ।

उहाँका अनुसार बजारको सडकक्षेत्र ओगटेका घर टहराहरु हटाइनुका साथै सडकमा राखिएका अनावश्यक संरचना हटाएर दायाँबायाँ सडक नाली सहित ८ मिटर सडक कायम गरिएको छ ।  भने ग्राबेल गर्दै आगामी बजेटबाट कालोपत्रे गर्ने योजनाको साथ अघि बढेको संयोजक शाहीले बताउनुभयो । 

ठाटीकाँध बजारको मिलनटोल देखि अधिकारी थानसम्म बजार एरियासम्म करिब १ किलोमिटर स्तरोन्नतीसँगै कालोपत्रे गरिने संयोजक भूपेन्द्र शाहीको भनाई रहेको छ । बजार क्षेत्र साँघुरो भएकाले बजारको सुन्दरता र सवारी आवातजावतमा अप्ठेरो भएका कारण बजारको सुन्दरता बढाउन सडक स्तरोन्नतीगर्न सुरु भएको छ',उहाँले भन्नुभयो, 'संघिय सरकार र ठाटीकाँध गाउँपालिकाको साझेदारीमा उक्त सडक स्तरोन्नती सँगै कालोपत्रे गरिने छ  ।' 

संयोजक शाहीका अनुसार ९६ लाखमा बडिमालिका कन्स्ट्रक्सनले जिम्मा लिएर टेन्डर र ठेक्कामा काम भइरहेको भएपनि गाउँपालिका स्तरबाट त्यसको निगरानी भइरहेको छ । कामको गुणस्तरियता कायम गर्नका लागि गाउँपालिकाले प्राविधिकको निगरानीमा निरन्तर रेखदेख गर्नुका साथै आवश्यक परामर्श समेत दिनेकाम भइरहेको बताइएको छ  ।

यतिबेला गाउँपालिका स्तरबाट बजार क्षेत्रमा भइरहेको कामको खुलेरै प्रशंसा गरेका छन । बजारबासी स्थानियहरुले काम गुणस्तरिय हुनुपर्ने र भोलिका दिनहरुमा बजार क्षेत्र अनिवार्य कालो्पत्रे बनाउन माग गरेका छन  । 

पुल बजार हुँदै बाहाकोट मदानताल सडक स्तरोन्नती 

ठाटीकाँध गाउँपालिकाको पुलबजार देखि बहाकोट हुँदै मदानतालसम्म सडक स्तरोन्नतीको काम भइरहेको बताउनुभयो । श्रीखोलामा जोखिम रहेको थियो अहिले त्यहाँ पुल बनिसकेको बताउनुभयो  । र बहाकोट हुँदै मदान तालसम्म सडक स्तरोन्नती हुने बताउनुभयो । अहिले नालाको काम भइरहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया