कोटबाडा विमानस्थलमा परीक्षण उडान सफल

कोटबाडा विमानस्थलमा परीक्षण उडान सफल

सुर्खेत -   कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटबाडामा रहेको सुनथराली विमानस्थलमा प्रमाणित उडान भएको छ । प्राबिधिक टोलीसहित तारा एयरको विमानले नेपालगञ्जदेखि प्रमाणित उडान भरेको हो ।

आइतबार बिहान ९ः२१ बजे नेपालगन्ज उडेको तारा एयर क्याप्टेन पि.एस.नगरकोटी चालक दल, नौ जनाको प्राबिधिक टोलीसहित आएको नाइन एन एकेएल–२४ विमानले ९ः४५ बजे अवतरण गरेको नरहरिनाथ गाउँपालिकाका प्रवत्ता प्रदीप बोहोराले बताउनुभयो  ।

‘३०८ रोपनी जग्ग्गामा बनेको यो बिमानस्थल समुन्द्री सतहबाट ७ हजार मिटर उचाईमा रहेको छ’ उहाँले भन्नुभयो, ‘विमानस्थलको रनवेको लम्बाई ६४० मिटर र चौडाई २० मिटर रहेको छ ।’

विमानस्थलको फागुन १४ गते सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । विसं. २०४२ सालमा निर्माण थालिएको विमानस्थल निर्माण कार्य पूरा भएकाले प्रधानमन्त्री प्रचण्डले सोमबार उद्घाटन गर्नुअघि परीक्षण उडानका लागि प्राबिधिक टोलीसहित नेपालगञ्जबाट गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताउनुभयो ।

विमानस्थल उद्घाटनमा नेपाल सरकारका प्रधानमन्त्री प्रचण्ड, संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री उपस्थित रहने गाउँपालिकाका अध्यक्ष विष्टले बताउनुभयो ।

विमानस्थल निर्माण थालिएको ३८ वर्षपछि उद्घाटन गर्न थालिएको हो ।

प्रतिक्रिया