चौबन्दी चोलो सिलाउने प्रतियोगिता हुँदै

चौबन्दी चोलो सिलाउने प्रतियोगिता हुँदै
सुन्नुहोस्

दैलेख – सिलाई पेशालाई व्यवसायिक उद्यम गरिरहेकाहरुलाई प्रोत्साहित गर्न उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले फागुन ३० गते दैलेख सदरमुकाममा चौबन्दी चोलो सिलाई प्रतियोगिता गर्ने भएको छ । कार्यालयमा ११ जनाले आवेदन दिएका बताइएको छ । 

तालिम लिई बसेकाहरुलाई सीप व्यवसाय गर्दै गरुँन भनेर कार्यालयले सार्वजनिक सूचना जारी गरी प्रतिस्पर्धीहरुको संकलित आवेदकहरुबीच जिल्ला स्तरीय उद्योग प्रवद्र्धन समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता गर्ने मिति तय गरेको हो । 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखबाट तालिम लिई सिलाई कटाई व्यवसाय गर्दै आएकाहरुबाट आवेदन संकलन गरिएको प्रतिस्पर्धीहरुलाई नाप लिने, कपडा काट्ने, सिलाउने काम समेत प्रतियोगिता स्थलमै गर्न लगाइने छ ।

प्रतियोगितामा सहभागी प्रतिस्पर्धी मध्ये प्रथमलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीयलाई १० हजार पुरस्कार तथा प्रशंसापत्र राखिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख नृपजंग शाहीले जानकारी दिनुभयो । 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका शाखा अधिकृत पर्शुराम आचार्य संयोजकत्वमा पाँच सदस्यीय प्रतियोगिता मूल्यांकन समिति गठन गरिएको छ । मूल्यांकन समितिका सीटीईभीटीका सिलाई प्रशिक्षकद्वय चित्र परियार, भूमिका गन्द्रमा मगर, जिसस र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सदस्य रहनुभएको छ । 

जिल्ला स्तरीय उद्योग प्रवद्र्धन समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख शाहीको अध्यक्षता बसेको उक्त बैठकले चैत २८ र २९ गते दैलेख सदरमुकाममा जिल्ला स्तरीय दुई दिने औद्योगिक प्रर्दशनीको आयोजना गर्ने निर्णय गरेको छ । 

 

उद्यमीहरुले तयार पारेका बस्तु, घरेलु उत्पादन, सीप र कला प्रदर्शनीमा राखिने र प्रदर्शनीमा राखिएका बस्तु, सीप र कलाको मूल्यांकन गरी प्रथमलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीयलाई १० हजार पुरस्कार तथा प्रशंसापत्र दिइने छ । 
 

प्रतिक्रिया