ठाटीकाँधमा मनाइयो ११४ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस

ठाटीकाँधमा मनाइयो ११४ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस

दैलेख-  दैलेखको ठाटीकाँध गाउँपालिकामा ११४ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । ठाटीकाँध गाउँपालिकाको आयोजना सोसेक नेपाल, एमसिडियस, युनिसेफ र आवाज संस्थाको आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा खुल्ला देउडा गित प्रतियोगिता मा ठाटीकाध गाउँपालिका १,२,४ र ६ बाट जम्मा १८ वटा टिमको सहभागिता रहेको थियो ।

जसमा प्रथम हुनेमा ठाटीकाँध गाउँपालिका -१ स्थित समाबेसि आमासमुह दृतिय चेतना आमा समूह ठाटीकाध -६, तृतीय नबबिहानि आमा समूह ठाटीकाँध गाउँपालिका -२ र सान्तवना देबि स्थान ठाटीकाँध -६ सफल भएका छन। कार्यक्रममा सहभागी समूहलाई सम्मान स्वरूप प्रमाण प्रत्र को साथै नगद पुरस्कार बितरण गरिएको मनसरा बिष्टले बताउनुभयो । 

प्रतिक्रिया