महोत्सवकाे म्याद थपिएकोमा विरोध

महोत्सवकाे म्याद थपिएकोमा विरोध
सुन्नुहोस्

दैलेख – फागुन १७ देखि २८ गतेसम्म १२ दिनको लागि सञ्चालन भएको दैलेख महोत्सव ५ दिन लम्व्याइएको छ । महोत्सव सञ्चालक दैलेख उद्योग बाणिज्य संघ  र स्थानीय सरकार नारायण नगरपालिकाबाट माग आए अनुसार चैत ३ गतेसम्म म्याद थपिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश कोइरालाले बताउनुभयो ।

सुरुवातका ५ दिन लामो झरी परेर बाधा पु¥याएको भन्दै महोत्सव सञ्चालक दैलेख उद्योग बाणिज्य संघले ५ दिनका लागि म्याद थपिदिन लिखित अनुरोध गरेको थियो । जिल्ला प्रशासन कार्यालयले म्याद थपेपछि यही अनुसार चैत ३ गतेसम्मकै कार्यक्रम तय भएको संघका महासचिव प्रकाश पौडेलले जानकारी दिनुभयो ।

महोत्सवको म्याद थपिएपछि महोत्सव आसपासका विद्यालयहरुले एक विज्ञप्ती जारी गरेर विरोध गरेका छन् । चैत्र १ गतेदेखि वार्षिक परीक्षा तय भएको बेला महोत्सवले असर गर्ने भन्दै उनीहरुले थपिएको महोत्सवको म्याद रोक्न आग्रह गरिएको छ ।

महोत्सव स्थल नजिकका दुई वटा निजी विद्यालयहरु फूलबारी विद्या मन्दिरका प्रिन्सीपल सुवासकमार थापा, दैलेख मोडेल स्कूलका प्रिन्सीपल सुरेन्द्रबहादुर शाही र एउटा सरकारी विद्यालय रेडक्रस मावि भूर्तीका प्रधानाध्यापक पदमबहादुर थापाले विज्ञप्ति जारी गर्नुभएको छ । 

दैलेख जिल्लाभर चैत १ गतेदेखि ८ गतेसम्म कक्षा १–९ सम्मको परीक्षा सञ्चालन गर्ने तालिका अनुसार विद्यालयहरु विदा भएको मौकामा महोत्सव हेर्ने सबैजसो विद्यार्थीहरु भएकोले परीक्षा प्रभावित हुने शिक्षाका लागि राष्ट्रिय अभियान दैलेखका अध्यक्ष भरतराज अधिकारीको टिप्पणी छ । 
 

प्रतिक्रिया