वीरेन्द्रनगरमा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला

वीरेन्द्रनगरमा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला

सुर्खेत -  सुर्खेतको वीरेन्द्रनगरमा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । बुधबार बारा जिल्ला घर भई वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित दैलेखी टोल बस्ने अन्दाजी ३२ वर्षका अनिल पट्टेलको शव घाँटी रेटिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार उनको घाँटीमा गहिरो चोट लागेको छ, भने घटनास्थलमा रगत लागेको चुलेसी समेत फेला परेको छ ।

‘घटानका बारेमा हामीलाई स्थानीयले जानकारी गराएका थिए, स्थानीयको खबरपछि हामी तत्काल घटनास्थलमा पुगेका थियौं,’ घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘मृतकको कोठामा रगत लागेको चुलेसी फेला परेको छ, अहिले उक्त शवलाई सुरक्षित गर्ने कार्य भएको छ, उसको परिवार आएपछि हामी थप प्रक्रिया अगाडि बढाउछौं ।’

 घटनाको विषयमा थप अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ति युवक चार वर्षदेखि सुर्खेतमा टायल तथा मार्वल फिटिङको काम गर्दै आएका थिए ।

प्रतिक्रिया