शल्यक्रिया केन्द्रमा ४० जनाको मोतिबिन्दू अप्रेसन

शल्यक्रिया केन्द्रमा ४० जनाको मोतिबिन्दू अप्रेसन

दैलेख – नेपाल रेडकस सोसाईटी सुर्खेत आखा अस्पतालको प्राबिधिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दैलेखले सञ्चालन गरेको सामुदायिक आँखा शल्यक्रिया केन्द्रमा दोश्रो पटक मोतिबिन्दूको अप्रेसन सेवा दिएको छ ।

नेपाल रेडक्रस सोसाइटी दैलेखले अघिल्लो महिनादेखि सञ्चालन गरेको ‘समुदायिक आँखा उपचार तथा शल्यक्रिया केन्द्र’मा दोश्रो पटक मोतिबिन्दूको अप्रेसन गरिएको हो । माघ २४ गते शल्य केन्द्र स्थापनापछि यो दोश्रो शिविर हो । 

नेत्र रोग विशेषज्ञ डा. आकाँक्षा राना नेतृत्वको टोलीले ४० जना बिरामीको अपेरसन गरेको हो हो । अघिल्लो महिना ३५ जनाको मोतिबिन्दू अप्रेसन गराइएको थियो । यस पटक सबैभन्दा बढी उमेरका ८७ दलबहादुर मगर सबैभन्दा कम उमेरका ३५ वर्षका पदमा बिक हुनुहुन्थ्यो । 

एक महिनाको अन्तरमा शुक्रबार शल्यक्रिया गरिने शल्यक्रिया केन्द्रले प्रतिव्यक्ति ४५ सय रुपैंयाँ शुल्क शुल्क तोकेको छ । दैलेखमा २०४५ देखि प्राथमिक आँखा उपचार केन्द्र स्थापना गरिएको थियो ।  

समुदायिक आँखा उपचार तथा शल्यक्रिया केन्द्र दैलेखका प्रमुख प्रकाश शाही समेतको स्थानीय जनशक्तिले मोतिबिन्दूका बिरामीहरुको पहिचान गरेको आधारणमा डा. रानाको टोलीले अप्रेसन गर्ने गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दैलेखका सभापति निर्जनकुमार खत्रीले जानकारी दिनुभयो । 

प्रतिक्रिया