कृषकहरुलाई कफिखेती सम्बन्धि एक दिने तालिम सम्पन्न

कृषकहरुलाई कफिखेती सम्बन्धि एक दिने तालिम सम्पन्न

दैलेख -   दैलेखको दुल्लु नगरपालिकामा अगुवा कृषकहरुलाई कफिखेती नर्सरी सम्बन्धि एक दिने तालिम दिइएको छ । सोसेक नेपालको आर्थिक सहयोग दुल्लु नगरपालिका कृषि विकास शाखाको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।

  दुल्लु नगरपालिकाभित्र रहेका अगुवा कृषकहरुलाई कफि नर्सरी खेतीसम्बन्धि तालिमसँगै बिउ बितरण कार्यक्रम सम्पन्न कृषि प्राबिधिक हिक्मेन्द् माझीले बताउनुभयो  ।

उहाँका अनुसार नगरपालिका भित्र रहेका नर्सरी उद्योग वाला २० जना अगुवा कृषकहरुलाई कफि खेति नर्सरी ​​​​​​​ सम्बन्धि १ दिने तालिम तथा बीउ वितरण कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया