एईईको तयारी पूरा, ९ गते केन्द्राध्यक्षहरुको तालिम

एईईको तयारी पूरा, ९ गते केन्द्राध्यक्षहरुको तालिम

दैलेख – चैत १५ गतेदेखि सुरु हुने एसईई परीक्षा शान्त, मर्यादित र स्वच्छ वातावरणमा गराउन सबै तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई दैलेखका निमित्त इकाई प्रमुख रतनबहादुर बिष्टले जानकारी दिनुभयो । 

जिल्ला स्तरीय एसईई परीक्षा समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा आज बसेको बैठकले दैलेखका २५ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष नियुक्त गरिएको बिष्टले बताउनुभयो । 

 

जिल्लाभर एक सय ११ विद्यालयका ५२ सय ५७ परीक्षार्थी सहभागी रहने परीक्षा मर्यादित रुपमा सञ्चालन गर्न चैत ९ गते एक दिने तालिम दिई आवश्यक सामग्री सहित कार्यक्षेत्रमा खटाउने शिक्षा विकास तथा समन्वय इकाईको योजना छ ।  

एसईई परीक्षा समन्वय समितिका सदस्य सचिव शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रतनबहादुर बिष्टले नियमित तर्फ ४८ सय ५५, ग्रेडवृद्धि तर्फ दुई सय ५६ र प्राविधिकतर्फ एक सय ४६ समेत ५२ सय ५७ जना परीक्षार्थीले फाराम भरेको जानकारी दिनुभयो । 

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको तालिका अनुसार आज चैत्र १५ गतेदेखि २३ गतेसम्म साधारणतर्फ र चैत्र १५ गतेदेखि २७ गतेसम्म प्राविधिकधार तर्फको परीक्षा सञ्चालन हुनेछ । विहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ ।
 

प्रतिक्रिया