पौडी खेल्ने क्रममा बेपत्ता भएका दैलेखका निर्माण मृत भेटिए

पौडी खेल्ने क्रममा बेपत्ता भएका दैलेखका निर्माण मृत भेटिए

सुर्खेत - भेरी नदीमा पौडी खेल्ने क्रममा शनिवार अपराह्न बेपत्ता भएका निर्माण चौलागाईँ मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनी आइतबार बिहान बेपत्ता भएको स्थान नजिकै मृत अवस्थामा भेटिएका हुन् ‌।

वीरेन्द्रनगर नगरपालिका–३, गण्डकी लाइन बस्ने १८ चौलागाईँ शनिवार पौडी खेल्न भनेर ६ जन‌ा साथीहरू सहित बराहताल गाउँपालिका–२, को रानीघाटस्थित भेरी नदी पुगेका थिए।

पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए ।‌ निर्माणको घर दैलेखको चामुण्डाबिन्द्रासैनी हो । प्रहरीका अनुसार उनी वीरेन्द्रनगरमा बसेर अध्ययन गर्थे ।

प्रतिक्रिया