विपदमा सेवा पु¥याउन सुकाटियामा हेलिप्याड

विपदमा सेवा पु¥याउन सुकाटियामा हेलिप्याड हेलिप्याड
सुन्नुहोस्

कालिकोट – शुभकालिका गाउँपालिका वडा नं. ५ को सुकाटियामा नवनिर्मित हेलिप्याड शुभकालिका गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको शम्सेर गुल्मले जनहितको काम अन्तर सडक सञ्जालको पहुँच सहज नभएको यो ठाउँमा दुई महिना लगाएर निर्माण गरिएको हो । 

जिल्ला सदरमुकाम मान्मबजारमा रहेको कालिकोट नेपाली सेनाको शम्सेर गुल्मका इञ्चार्ज सेनानी रञ्जित कार्कीले प्रतिनिधिसभाका साँसद सीताकुमारी रानाको उपस्थितिमा शुभकालिका गाउँपालिकाका अध्यक्ष गोबिन्द आचार्यलाई हेलिप्याड फाइल हस्तान्तरण गर्नुभयो । 

हेलिप्याड हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष आचार्यले २०७६ मा बिरामी लिन आएको हेलिकप्टर बस्ने ठाउँको अभावमा बिरामी नलिई फर्किएको अनुभव सुनाउदै हेलिप्याड निर्माण भएपछि आवश्यक पर्दा हेलिकप्टर बसाल्ने निश्चित ठाउँ बनेकोमा खुशी प्रकट गर्नुभयो । 

कार्यक्रममा प्रतिनिधिसभा साँसद रानाले गर्भवती महिलाले अकालमा ज्यान गुमाउने पर्ने समस्या भोगेका गाउँबासीहरुका लागि सुविधा पुगेको बताउनुभयो । सेनानी कार्कीले विपद र बिरामीको सेवा पु¥याउन हेलिप्याड बनाइएको प्रष्ट्याउनुभयो । 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धर्मकला शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृता अधिकारी, गाउँपालिकाका ८ वटै वडाका जनप्रतिनिधिहरु समेतको उपस्थितिमा हेलिप्याड हस्तान्तरण कार्यक्रममा आमसर्वसधारणको पनि सहभागिता थियो । 

‘कर्म शक्ति हो, देश भक्तिको’ आदर्श वाक्य भएको नेपाली सेनाको शम्सेर गुल्मले अघिल्लो वर्ष जनहितको काम अन्तरगत कालिकोटको पचलझरना गाउँपालिका–७ मय भन्ने ठाउँमा हेलिप्याड निर्माण गरेको थियो । २०६१ सालमा स्थापना भएको शम्सेर गुल्म कालिकोटको जिल्ला सदरमुकाम मान्म र पचालझरना गाउँपालिकाको राताडाँडामा आधार बनाई सुरक्षामा खटिएको छ । 


 

प्रतिक्रिया