चट्याङबाट तीन जना विद्यार्थी घाईते

चट्याङबाट तीन जना विद्यार्थी घाईते

दैलेख। बुधवार चटयाङ लागेर दैलेखमा तीन जना विद्यार्थी घाईते भएका छन् । घाइते हुनेमा नौमुले गाउँपालिका –६ स्थित शिवशक्ति माविका कक्षा ५ का अध्ययनरत अमरबहादुर चन्दको छोरा १० बर्षिय यामबहादुर चन्द,मानबहादुर रावतको छोरा बर्ष ११ को विश्वविकास रावत र कक्षा ७ मा अध्ययनरत पुरन गुरुङकी छोरी १२ बर्षिया लक्ष्मी गुरुङ हुन । 


 चटयाङमा परि घाईते भएका तीनै जनाको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।चन्द र गुरुङको शरिरको विभिन्न भाग जलेको छ भने रावतको पेटमा जलेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए । तीनै जनाको अवस्था मध्यम खालको रहेको छ उनले भने ।
अपरान्ह ४ बजे नौमुले गाउँपालिकाको सल्लेरीमा रहेको शिवशक्ति माविमा बिच भागमा चटयाङ  परेको थियो । विद्यालयको बिच भागमा चटयाङ पर्दा विद्यालयमा सामान्य क्षति भएको वडाअध्यक्ष लालबहादुर चन्दले जानकारी दिए । 

प्रतिक्रिया