कांग्रेसको अवरोधपछि  प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगन

कांग्रेसको अवरोधपछि  प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगन

काठमाडौँ -  प्रतिनिधिसभाको आजको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण अवरुद्ध  भएको छ ।

पहिलो बैठकमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले विरोध र नाराबाजी गरेपछि १५ मिनेटका लागि स्थगन भएको थियो । सभामुख देवराज घिमिरेले दोस्रो बैठकको कारबाही आरम्भ गर्नासाथ प्रतिपक्षीका सांसदले रोष्ट्रम घेराउसहित नाराबाजी गर्नुभएको थियो । 

 यसपछि सभामुख घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिन खोज्दा विपक्षीदलका सांसदले अवरोध पु¥याएका थिए ।   

सभामुख घिमिरेले आसनग्रहण गरी उपप्रधानमन्त्री लामिछानेका कुरा सुनेर आफ्ना कुरा राख्न आग्रह गर्दा पनि विपक्षी दलका सांसदले नमानेपछि आजको कार्यसूचीमा रहेका कार्यक्रम बैठक स्थगनको घोषणा गर्नुभयो । सभाको अर्को बैठक आगामीजेठ १ गते मङ्गलबार साँझ ६ बजेका लागि तोकिएको छ ।

प्रतिक्रिया