जिविसमा गतिविधि नियाल्न सिसि क्यामरा

जिविसमा गतिविधि नियाल्न सिसि क्यामरा

गोविन्द केसी
दैलेख, भाद्र ९ – जिल्ला विकास समितिमा कार्यालयको सिसि क्यामरा जडान गरिएपछि सेवाप्रभाह चुस्तदुस्त भएको छ । कार्यालयमा भैरहेका काम नजिकबाट नियाल्न थालेपछि सेवा चुस्त भएको हो ।

कार्यालयभित्र भैरहेका गतिविधिहरु नियाल्दै स्थानीय विकास अधिकारी हरि प्याकुरेल
कार्यालयभित्र भैरहेका गतिविधिहरु नियाल्दै स्थानीय विकास अधिकारी हरि प्याकुरेल

स्थानीय विकास अधिकारीकै कक्षमा कार्यालयमा भैरहेको गतिविधिहरु सिसि क्यामराबाटै अनुगमन हुने गरेपछि कर्मचारीहरु सेवाग्राहीको काम फटाफट सक्ने गरेका छन् । मुख्य गरी सिसि क्यामरा कार्यालय प्रवेशद्धार, लेखा फाँट, स्थानीय विकास अधिकारीको कक्ष र हलमा जोडिएको छ । महिनादिनभित्रै सवै फाँटमा जोडिने जिविसले जनाएको छ । क्यामरा जडानपछि १० बजेअघि नै स्थानीय विकास अधिकारी हरि प्याकुरेल कार्यकक्षमै पुगेर कर्मचारी कति बजे कार्यालयमा आउछन्, लेखा फाँटमा केके भैरहेको छ हेर्छन् । स्थानीय विकास अधिकारीले कार्यालयमा भैरहेका हरेक गतिविधिहरु क्यामराबाटै हेरेर कर्मचारीहरुलाई गतिविधिहरु शंकास्पद लगेमा केके भएको हो जानकारी लिन्छन् अनि तत्काल समाधानका लागि उपायहरु पनि दिने गरेका छन् । क्यामरा जडान भएपछि कर्मचारीहरु समयमै कार्यालयभित्र छिर्ने बानी नै बसीसकेका एक कर्मचारी बताउँछन् । łसमयमा कार्यालय छिरिएन भने हामीमसापले स्पष्टीकरण लिनुहुन्छ । “ एक कर्मचारीले नाम नछाप्ने शर्तमा भने, मनपरि बाहिरभित्र गर्ने कर्मचारीहरु कार्यालय समयमा चुक्क केही गर्न पाउँदैनन् ।”
कर्मचारीको दैनिकीदेखी सेवाग्राहीको काम समेत क्यामराबाट हेरिने भएपछि प्रभावकारी भएको योजना अधिकृत पदम सापकोटाले बताए । łक्यामरामा देखीने भएपछि कर्मचारीहरु बाहिरभित्र कम गर्ने गरेका छन् । “योजना अधिकृत सापकोटाले भने, हरेक कर्मचारीहरु लकबुक भरेर मात्र बाहिरजाने नियम भएकाले मनपरि जाँदा स्पष्टीकरण सोधिने भएकाले कामविशेष र खाजा खानका लागि निश्चित समयमा सक्नुपर्ने हुन्छ ।” सेवाग्राहीलाई दिईने सेवा अँझ चुस्त पार्नको लागि क्यामराको प्रयोग गरिएको स्थानीय विकास अधिकारी हरि प्याकुरेलले बताए । सेवाग्राहीले छिटोछरिदो सेवा दिएनदिएको कति दिन सेवाग्राही कार्यालयमा धाएको लगायत क्यामराबाट देखीने भएकाले शंकास्पद फाँट र ब्यक्तिहरुलाई कार्यकक्षमै बोलाएर सेवाका बारेमा जानकारी दिन सहज हुने स्थानीय विकास अधिकारी प्याकुरेलको भनाई छ । łकर्मचारीहरु बाहिरभित्र गर्न ५० प्रतिशक कमि भएको छ । “स्थानीय विकास अधिकारी प्याकुरेलले भने, सेवाप्रवाहमा छिटोछरिदो हुनुका साथै बाहिरबाट कार्यालयमा आएर कामप्रभावित पर्ने मानिसहरु आउँनै बन्द भएको छ ।” साउनको पहिलो हप्तामा जोडिएको हो । सवै कोठामा क्यामरा दैलेखमै पहिलो पटक कार्यालयहरुमध्ये जिविसमा प्रयोग गरिएको हो ।

प्रतिक्रिया