सन्र्दभ शिक्षा दिवश : भानु उमावि प्रथम

सन्र्दभ शिक्षा दिवश  : भानु उमावि प्रथम

दैलेख, भाद्र २३ – २६ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजना गरिएको बक्तृत्वकला प्रतियोगितामा भानु उमावि तोरायाँ कालभैरवका विद्यार्थी प्रथम भएका छन् । दैलेखी युथ क्लवको आयोजनामा भएको उक्त बक्तृत्वकला प्रतियोगितामा भानु उमाविका रमेश थापा प्रथम भएका हुन् । IMG_1754
त्यस्तै त्रिउमावी नयाँ बजारका चन्द्रा शाही द्धितिय भएका छन् भने धुलेश्वर उमाविका मिल आर्चाय तृतिय भए । दिगो विकासका लागि गुणस्तरिय शिक्षा, सवैका लागि सुरक्षीत शिक्षण संस्था विषयमा बक्तृत्वकला कार्यक्रम राखीएको थियो । प्रथम, द्धितिय र तृतिय हुनेलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
जिल्लाका १२ विद्यालयका विद्यार्थी सहभागी भएको यूथ क्लवका अध्यक्ष प्रेमबहादुर शाहीले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे, दैलेख प्रहरी प्रमुख डिएसपी बिरबहादुर वली, खेलकुद विकास समितिका अध्यक्ष तिर्थनारायण श्रेष्ठ, विभिन्न विद्यालयका प्रअ, तथा शिक्षक विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया