बोल्न लजाउने महिलाहरु भाषण गर्दै

बोल्न लजाउने महिलाहरु भाषण गर्दै

ज्वाला सन्देश समचारदाता
दैलेख, भाद्र ३१ – सेरीकी ननरुपा दर्लामीसंग घाँस काटिरहेका बेला नचिनेको मानिस भेटिदा दौडेर घरमा आइपुगेको अनुभव छ । ‘२÷४ जना भेला भएको ठाउँमा बोल्न डर लाग्थ्यो’ ५१ वर्षीय ननरुपाले विगत सम्झिदैं भनिन्, पोहोर सम्म नाम भन्नै ग्राहो हुन्थ्यो हुन्थ्यो लाज पनि लाग्नेगथ्र्यो ।’

भेलामा आफ्ना भनाई राख्दै रार्कमका महिलाहरु
भेलामा आफ्ना भनाई राख्दै रार्कमका महिलाहरु
भेलामा आफ्ना भनाई राख्दै रार्कमका महिलाहरु
भेलामा आफ्ना भनाई राख्दै रार्कमका महिलाहरु

दुल्लु नगरपालिका –१० वडालम्जीकी सुर्जा विक आफै भेला÷बैठकहरुमा सहभागी हुन्थिन् । तर परिचय दिनुपर्दा उनी रुमालले ढपक्कै मुख छोप्ने गर्थिन । उनको नाम अरु कसैले भनिदिनुपथ्र्यो । तर अब त्यस्ता दिन गए । उनी भन्छिन्, ‘नाम त के भाषण गर भनेपनि सक्छु ।’ त्यस्तै राकमकर्णालीका महिलाहरु पनि केही वर्षसम्म घरबहिर निस्कन समेत टोलभरीका महिलाहरु जम्मा भएर कामकाजमा निश्किनुपर्दथ्यो । तर, हिजोआज त्यस्तो अवस्था छैन् । कुनै पनि काममा एक्लै जान्छन् । त्यती मात्र होईन् उनीहरु अहिले हरेक कार्यक्रम सहभागी हुनेदेखी मनमा लागेका कुराहरु निर्धक्क राख्छन् । रार्कमका पिपलकोट, सिगौडी, लयाटीविन्ध्यासैनी, तिलेपाटा, सिहांसैन गाविसका महिलाहरु विगतका वर्षहरुमा भन्दा पुरुषहरुसगै मिलेर काम गर्ने गरेका छन् । उनीहरु आफै पहिलेका दिनहरु सम्झँदा छक्क पर्छन् । वर्षौंदेखि मेलापात र चुलोचौकामा दिन बिताउँदै आएका ग्रामिण भेकका महिलाहरु आजभोलि ढुक्कसंग बोल्न सक्ने भएका छन् । आफ्नो परिचयमात्र होइन्, अचेल उनीहरु लामो समय भाषण गर्न सक्षम भएका छन् ।
विभिन्न जाति र समुदायका महिलाहरु समूहमा नियमित भेला भएर आ–आफ्ना समस्या नोट गर्नुका साथै आपसमा सुनाउँछन् । ती समस्या समाधानका उपायहरुको खोजी गर्दछन् । ३ वर्ष पहिले हप्ताको एक दिन कक्षा सञ्चालन हुँदा धेरै कुरा महिलाहरुले सिकेका सेरी–३ की गीता दर्लामीले बताईन् । ‘स्वास्थ्य, सरसफाई, अधिकार र कर्तव्य विषयमा कक्षामा विशेष छलफलमा सिके’ उनले भनिन्, औपचारिक शिक्षा नपाएका आमाहरुका लागि खुलेर नयाँ मान्छेसंग कुरा गर्न सहज भयो ।’ वडलम्जीस्थित महादेव निमाविका प्रधानाध्यापक भक्तिप्रसाद उपाध्याय समुदायमा महिलाहरुको सक्रियता प्रंशसनीय भएको बताउँछन् । ‘पुरुषहरु जात–जाति र पार्टीको आधारमा विचार व्यक्त गर्दछन् तर महिलाहरु भने एकढिक्का भएर भेलामा प्रस्तुत हुन्छन्’ उपाध्यायले भने । सेरीका स्थानीय अगुवाहरु महिलाहरु अधिकारका बारेमा विगतभन्दा धेरै चनाखो भएको बताउँछन् । ‘नाम भन्न डराउनेहरु पछिल्ला वर्षहरुमा मञ्चमा बोल्न तछाडमछाड गर्छन् । “स्थानीय किसान पशुपती लामेछाने भने, हरेक क्षेत्रमा बढ्दो सक्रियताले गर्दा विपन्न महिलाहरुको जीवनशैली बदलिन थालेको छ ।”

प्रतिक्रिया