सडक जोडिने गरी घर बनाउँदा कर्णाली राजमार्ग जोखीममा

सडक जोडिने गरी घर बनाउँदा कर्णाली राजमार्ग जोखीममा

ज्वाला सन्देश समचारदाता
रार्कमकर्णाली (दैलेख), असोज १ – सुर्खेतदेखी जुम्ला कर्णाली राजमार्ग २ सय ३२ किलोमिटरसंग आफैमा साँगुरो अप्ठयारो त छदैँछ त्यसमा पनि राजमार्ग आसपासमा रहेका बजारहरुका घर सडक छेउमै जोडिने गरी बनाईदा दुर्घटनाको जोखीम उस्तै छ ।

कर्णाली राजमार्गमा रहेका खिड्कीज्यूला बजार
कर्णाली राजमार्गमा रहेका खिड्कीज्यूला बजार

राजमार्ग अन्र्तगत सुर्खेतदेखी दैलेखसम्म दर्जनौ बजारहरु पर्छन् । सडकदेखी कम्तीमा २५÷२५ मिटर छाडेर घर बनाउनुपर्ने सडक डिभिजनको नियम उल्लघन गर्दै स्थानीयहरुले राजमार्गमै धमाधम पक्की घर बनीरहेका छन् । सडक डिभिजन कार्यालयले राजमार्ग निर्र्माण भएयता अनुमगन नगर्दा स्थानीयको मनोबल बढेको हो । २०५७÷०५८ मा राजमार्गमा पर्ने घरहरुको मुआब्जा वितरण गरिएपनि त्यसयता एक पटक पनि अनुगमन हुन सकेको छैन् । धमाधम सडकमै जोडिने गरी घरहरु बनाएको भन्दै रार्कमकर्णालीका स्थानीयहरुले चर्को विरोध समेत गरेका छन् । साँगुरोका कारण राजमार्गमा हिड्ने सवारीसाधनहरु घरमा ठोकिने डर हुने गरेको मध्यपश्चिम यातायात ब्यवसायी संघ रार्कमकर्णालीका ईन्चाज महेन्द्र माँझीले बताए ।
गाडी नै ठोकिने गरी बनाएका घरहरुका लागि जोखीम÷दुर्घटनाहरु बढीरहेको यातायात ब्यवसायी माँझीको भनाई छ । वर्षेनी सडकमै घरहरु जोडेर बनाउँदा समेत सडक डिभिजनले हटाउन कुनै पहल नगरेको आरोप रार्कमका स्थानीयहरुले लगाएका छन् । खड्कवाडा, तल्लोडुगेश्वर, पाल्तडा, रामघाट, टुनीवगर, असराघाट, खिड्कीज्यूला लगायत दर्जनौं बजारहरुमा सडकनै छाप्नेगरी बनाएका घरहरुले दुर्घटनाको उच्च जोखीम बढाएको यातायात ब्यवसायीहरुले बताए । राजमार्ग आसपासका घरधनीहरुलाई मुआब्जा दिईसकेकाले घरहरु बने भत्काईनेछ । सडक डिभिजन कार्यालयका प्रमुख भानु जोशीले भने, अहिले योजनाहरु चलिरहेकाले लगत्तै सडकदेखी २५ मिटर आसपास बनाईएका घरहरु भत्काउँछौ । कर्णाली राजमार्गमा अभियानकै रुपमा सडक आसपासका घरहरु हटाउन सुरु गर्नुपर्ने जोशीले बताए ।

प्रतिक्रिया