उपचार नहुँदा २२ वर्षदेखी घरमै थलिनुपर्ने बाध्यता

उपचार नहुँदा २२ वर्षदेखी घरमै थलिनुपर्ने बाध्यता

ज्वाला सन्देश समचारदाता
दैलेख, असोज ३ – २२ वर्षअघि आगोले जलेर दुवै खुट्टा पोलिएकी रानीवन–७ की रत्ना शाही उपचार अभावले ९ महिनासम्म घरमै थलिइन् । ९ महिनासम्म घरेलु जडीबुटी प्रयोग गरेकी उनले निको नभएपछि छरछिमेकबाट ऋण सापटी मागेर भारतसम्म उपचारमा पुगिन । पैसा अभावमा उनको उपचार पूर्ण रुपमा घर ल्याउदा जाम भएको खुट्टा निको नहुँदा २२ वर्षदेखी हातले टेकेर हिड्नुपर्ने बाध्यता रहेको छ । रत्ना २२ वर्षदेखी सामान्य हिँडडुल गर्न नसक्ने भएपछि हात टेकेरै बाहिरभित्र गर्छिन् ।

रानीवन–७ की रत्ना शाही घर छेउमा
रानीवन–७ की रत्ना शाही घर छेउमा

२२ वर्ष अघि खाना पकाउने क्रममा कपडामा आगोको मुस्लो सल्केर घाइते भएकी रत्ना अहिले दुई हात टेकेर शौचालयसम्म पुग्छिन् । ‘अपांगता भएपछि श्रीमानले पनि साथ छोडे’ एक छोरीकी आमा ३७ वर्षीय रत्नाले भनिन्, उतिबेला मलाई मन पराएर पे्रम विवाह गरियो ।’ उनले भनिन् अपांगता बनेपछि घरपरिवारका सबैले घृणा गर्न थाले ।’ पतिसंगको सम्बन्धविच्छेदपछि उनी माइतीमै बस्दै आएकी छिन् । रत्नाको उपचारमा २६ हजार ऋण लिएर खर्च गरिएको पैसा अझैं तिर्न नसकिएको आमा तुल्सा रावतले बताईन् ।
रत्नालाई गाउँलेको सहयोगमा ०६५ सालमा सदरमुकाममै आएर अपांगता परिचयपत्र बनाएको आमा तुल्साले बताउँछिन् । łपरिचयपत्र बनाएपनि भत्ता दिईएको छैन् ।’ आमा तुल्साले भनिन् łउपचार गरेपनि २२ वर्षदेखी छोरीको अवस्थामा सुधार आएन् ।’ उनलाई महिला तथा बालबालिका कार्यालयले उनलाई ‘ख’ वर्गको अपांगता परिचयपत्र दिएको छ । परिचयपत्र बनाएपनि अहिलेसम्म भत्ता भने नपाउँदा खर्च गुजारा गर्ने बाटो पनि बन्द भएको रत्नाको गुनासो छ । सरकारले ‘ख’ वर्गकालाई कोटा निर्धारण गरी गाविसमार्फत मासिक ३ सय रुपैंया प्रदान गर्ने व्यवस्था गरेको छ । एकातिर सीमित कोटा हुनु र अर्कोतिर अपांगता क्षेत्रको बजेट अन्य शिर्षकमै खर्च गर्ने गाविसको परिपाटीका कारण रत्नाजस्ता थुपै्र अपांगता भएकाहरुको अवस्था बेहाल हुन पुगेको अधिकारकर्मी रत्न शाहीले बताए । निकै दयनिय अवस्थामा अपाङगता भएका ब्यक्तिहरुलाई सरकारले नहेरेको अधिकारकर्मी शाहीको भनाई छ

प्रतिक्रिया