दैलेखमा विजयउत्सव र भब्य खुसियालि

दैलेखमा विजयउत्सव र भब्य खुसियालि

ज्वाला सन्देश समचारदाता
दैलेख अशोज–४ गते नेपालको संविधान २०७२ घोषणा भई जारी भएको उपलक्ष्यमा दैलेखमा भव्य खुशियाली मनाइएको छ । प्रमुख तिन राजनैतिक दलको अगुवाईमा दैलेख सदरमुकाम लगाएत दुल्लु वजारमा वाजागाजा र झांकीसहित स्वागत ¥याली सहित जनसभा गरीएको छ ।

नेपालको सम्विधान २०७२ जारी भएको उपलक्ष्यमा दैलेखमा निकालीएको झाकी र र्याली

हजारौंको संख्यामा सहभागी भएको सो विजय जुलुसमा गाउ गाउ बाटसमेत सर्वसाधारणहरु सहभागी भएका थिए । संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ घोषणा भएको सन्दर्भमा भएको स्वागत ¥याली पछि स्थानीय टुडिखेलमा भएको जनसभामा वोल्दै राजनैतिक दल नेताहरु,नागरीक समाजका अगुवा र स्थानीय वुद्धिजिवीहरुले नयाँ संविधान नेपाली जनताको संविधान भएको वताउदैै नेपाली जनताको करीव ७० वर्षसम्मको संघर्षले सार्थकता पाएको वताएका थिए । त्यसैगरी दुल्लु वजारमा भएको स्वागत र्याली र जनसभामा स्थानीय कलासंस्कृतीको प्रस्तुती गरीएको थियो । नेपालि काँगे्रस, नेकपा एमाले र एकिकृत माओबादी पार्टिको संयूक्त संयोजनमा सदरमुकाम दैलेख बजारमा बाजाघाजाका साथ संस्कृतिक ¥यालि, झाकि सहीत जुलुश प्रदर्शन गर्दै स्थानीय टुडिखेलमा संयूँक्त आमसभा गरिएको हो । स्थानीय कलासंस्कृति झल्कने तरबार नाच , लाखेनाच लगायतका झाँकि समेत प्रदर्शन गरिएको थियो । तीन दलका स्थानीय नेताहरुले एक यूगमा एक पटक आउने यो सुनौलो दिनमा आम नेपालि हरुले हर्ष उल्लासका साथ खुशियालि मनाउनुपर्ने बिचार ब्यक्त गरेका थिए । दैलेखका ईलका ईलाकाका बजारहरुमा समेत बाजाघाजाका साथ खुसियालि उत्सव मनाउँदै दैलेखका प्रत्येक घर घरहरमा दिपावलि गरिएको छ । खुसीयालीमा वालक देखि वृद्ध–वृद्धा सम्म हर्षोउल्लासका साथ सहभागी भएका थिए ।

प्रतिक्रिया