रिफ्रेस सेन्टरले यात्रुलाई सुविधा

रिफ्रेस सेन्टरले यात्रुलाई सुविधा

 ज्वाला सन्देश समचारदाता
राकमकर्णाली (दैलेख) असोज ५ – नेपालगंजदेखी आएका दैलेख पिपलकोटका नैनबहादुर शाही लामो समयसम्म गाडी चढेर आउँदा दिक्क थिए । खाना खाने समय बाहेक पिसाव फेर्न समेत गाडी नरोकिदा अँझ झन्झटिलो यात्रा गरेका शाहीले रार्कममा खोलिएको रिफ्रेस सेन्टरमा पुग्दा यात्राभरीको थकालनै भुले । त्यस्तै कालिकोट ओदानकु गाबिसकी रमा सिहंले राजमार्ग सञ्चालन भएयता दिक्क लाग्दो यात्रा गर्नुपर्ने बाध्यता रिफ्रेस सेन्टरमा सुविधाहरु पाएपछि हटेको बताईन् । लामो यात्रा गरेर आउनेहरु रिफ्रेस सेन्टरमा पुग्दा सार्वजनिक शौचालय, चौविसौ घण्टा पानीको धारा, खाजाका लागि बनाईएको टहरा, केही बेर ट्राफिक नियम अन्य जानकारी लिन्छन् ।

कर्णाली राजमार्ग अन्र्तगत रार्कममा रहेको रिफ्रेस सेन्टर रोकिएका बस
कर्णाली राजमार्ग अन्र्तगत रार्कममा रहेको रिफ्रेस सेन्टर रोकिएका बस

कर्णाली राजमार्गमा हिड्ने नयाँ यात्रुहरु त एक्कासी दैलेखको राकमकर्णालीस्थित खोलीबजारमा गाडी रोकिदा एकछिन त दंग पर्छन् । खुल्ला सडक । नजिकै शौचालय । पानी । प्रहरी कै निगरानीमा बनाईएका ताजाताजा खाजाका परिकारहरु । लामो यात्राबाट थकित यात्रुहरु । गाडी रोकिएसंगै कम्तिमा २० देखी २५ मिनेटसम्म फ्रेस हुन्छन् । दुर्घटना बढेसंगै प्रहरीले रार्कमस्थित खोलीबजार छेउमा रिफ्रेर सेन्टरमा आएसंगै यात्रुहरुलाई सुविधा दिईएका कारण खुसी हुने गरेका छन् । जहाँ पुग्नासाथ गाडीहरु सेन्टरमै मोडिन्छन् । अनि सुरु हुन्छ रिफ्रेस । यात्रु मात्रै होईन् गाडी स्टाफ र गाडी पनि हुन्छ रिफ्रेस । लामो यात्रा गर्दा दिक्क यात्रुहरु ओर्लदै चिसो पानी खान्छन् । गाडी र गाडी स्टाफहरुलाई शान्त वातारणमा राखीन्छ । सुरुमा धुलाम्मे कपडा झारझुरमै ब्यस्त हुँदै यात्रुहरु नजिककै रहेको सार्वजनिक सुविधासम्पन्न शौचालयतिर लाग्छन् । पानीको सुविधा उस्तै छ सेन्टरमा । सरसफाई र खानको लागि बेल्लाबेग्लै धाराहरु । त्यसपछि गाडी स्टाफहरुलाई सेन्टरमा खटिएका ट्राफिक प्रहरीले केही बेर ट्राफिक नियम सिकाउँछन् । गाडी र सडकको अवस्थाबारे जानकारी दिई प्रहरीले दुर्घटना न्यूनीकरण गर्नका लागि विभिन्न उपायहरु सिकाउँदै गाडीका ढोका नजिक दुर्घटना न्यूनिकरण गर्ने सुचना भएको स्टिकर टाँस गर्छन् । अनि केही बेरमै गाडी गन्तब्यतिर लाग्छ ।
दुर्घटना न्यूनिकरण गर्न कर्णाली राजमार्ग अन्र्तगत दैलेखको राकमकर्णालीमा रिफ्रेस सेन्टर स्थापना गरिएपनि धेरै यात्रुहरुलाई मात्र सुविधा भएको छ तर, अहिले दुर्घटना घटाउन समेत महत्वपूर्ण भुमिका खेलेको छ । १५० देखी २०० किलोमिटर दुरीको फरकमा प्रहरी अवधारण अनुसार रिफ्रेस सेन्टरको स्थापना गरिएको हो । राजमार्गमै पहिलो पटक सेन्टरको स्थापना भएपछि गाडी मात्रै होईन् यात्रुले समेत राहतको महशुस गरेका छन् । कर्णाली छिर्ने हुन या कर्णालीबाट फिर्ता भएका सवारीसधन सवै रार्कमको खोलीबजारमा रहेको रिफ्रेस सेन्टर अनिवार्य रोकिन्छन् । चौविसै घण्टा आईरहने धारामा यात्रुहरु सरसफाईमै ब्यस्त हुन्छ त कोही शौचालयतिर हानिन्छन् ।
यात्रुहरुलाई सुविधादेखी दुर्घटना न्यूनिकरण गर्न रिफ्रेस सेन्टरले राम्रो काम गरेको ईलाका प्रहरी कार्यालय रकमकर्णालीका ईन्चाज सई सन्तोष शाहले बताए । łसरकारको सहयोग भए रिफ्रेसका लागि नेट÷ईन्टरनेट चल्ने÷ हरियाली प्रतिक्षालय बनाउँनेदेखी धेरै कामहरु गर्न सकिन्छ ।’ ईन्चाज शाहले भने, लामो रुटमा हिड्ने गाडीदेखी यात्रुसम्मलाई सहज रुपमा आराम महशुस गराएको छ ।
कर्णाली राजमार्गको जुम्ला–सुर्खेत गाडी चलाएका मानबहादुर नाथ रिफ्रेस सेन्टर स्थापनाले धेरै सहज भएको बताउँछन् । सधै हतारहतारमा गाडी लैजाने मात्र ध्यान हुन्र्थे । नाथले भने, यहाँ सेन्टर स्थापनापछि यात्रुदेखी आफ्ना गाडीका पाटपुँजा हेरेर चलाउनेसम्म गरिएको छ ।

प्रतिक्रिया