शान्ति क्षेत्र कायम गर्न साझा प्रतिवद्धता

शान्ति क्षेत्र कायम गर्न साझा प्रतिवद्धता

रत्न शाही

दैलेख ७ असोज–सशत्र र हिंसात्मक गतिवीधि हुन नदिने भन्दै गाउ विकास समितिका सरोकार वालाहरुले विद्यालय शान्ति क्षेत्र कायम गर्न साझा प्रतिबद्धता व्यक्ति गरेका छन् । सेभ द चिल्ड्रन को आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) द्धारा सेरी, खड्कवाडा, पिलाडी र लालिकांडाकामा गरिएको विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाचा र कार्यान्वयन निर्देशिका २०६८ को संवाद कार्यक्रममा उनिहरुले यस्तो पत्रिवद्धता जाहेर गरेका हुन् । SZOP‘ससत्र र हिसात्मक गतिविधि ले गर्दा विगतमा लामो समय स्कुल नै वन्द गर्नु पर्ने भयो’ एक शिक्षकले भने, ‘बालबालिकाहरुको पठन पाठनमा प्रत्यक्ष असर पुग्यो त्यो हाम्रो बाध्यता थियो अव निर्देशिका नै आइ सके पछि यो सरकारको काम हो, सरकारी निर्देशनको पालना गर्नु हाम्रो कर्तव्य हो ।’ संवाद कार्यक्रममा सहभागी राजनीतिक दल, विदयालय व्यवस्थापन समिति, विद्यार्थी अभिभावक संघ, शिक्षक अभिभावक संघ, विदयालय प्रधानाध्यापक शिक्षक र वाल क्लवका पदाधीकारी सदस्यहरुले विद्यालयमा पठन पाठन गर्ने वालबालिकाहरु माथि कुनै प्रकारको भेदभाव, दुव्यवहार र सोषण पनि नहुने प्रतिज्ञा गरे । सेरीका ४, खड्कवाडाका १२, पिलाडीका ८ र लालिकांडाका १० गरि जम्मा ३४ विद्यालय शान्ति क्षेत्रको रुपमा कायम भएका छन् । विद्यायलयमा कुनै ससत्र र हिसात्मक गतिविधि लगाएत दलगत हस्तक्षेपका विरुद्ध निर्देशिका वमोजिम बाल संरक्षण समिति गठन हुने र त्यसले बालबालिका माथि हुन सक्ने सम्भावित भेदभाव, दुव्र्यवहार र सोषणका विरुद्ध पनि काम गर्ने उनिहरुको भनाई छ । विद्यालय हाता भित्र पठन पाठन बाहेक अन्य कुनै पनि बाइह्य कार्यक्रम र क्रियाकलाप हुन नदिइ साच्चै विद्यालयलाई शान्ति क्षेत्र कायम गर्ने र विद्यार्थीको गुणस्तरिय शिक्षाका लागि समेत प्रतिवद्ध रहने सरोकारवालाको वचन थियो । भोलिका देश निर्माण कर्ता बालबालिका नै हुन, विद्यालय स्तर देखि नै राम्रो बातावरण दिन सक्यौ भने भविस्यका कर्णधार उत्पादन गर्न सक्छौँ त्यसैले विद्यालय शान्ति क्षेत्र कायम गरौँ संवाद कार्यक्रममा सहभागी शिक्षिकाले भनिन् ।

प्रतिक्रिया