बालविवाह बारे प्रश्न गर्नेको ओहिरो

          |   प्रकाशित मितिः शनिबार, अशोज ९, २०७२     ::: 495 पटक पढिएको   |  

ज्वाला सन्देश समचारदाता
दैलेख, असोज ८ – पिलाडीमा सामाजिक सेवा केन्द्र (सोसेक) र सेफ द चिन्ड्रनले गाविससंग समन्वय गरेर गरेको बालविवाह विरुद्धको अभियान सम्वन्धी सार्वजनिक सुनुवाईमा बालविवाहका बारे प्रश्न गर्नेहरुको लर्को नै लागेको छ । निमावी मावि तहमा पढ्दै गरेका विद्यार्थीदेखी शिक्षक अभिभावकले समेत मनमा लागेको जिज्ञासा प्रश्न सोधेका हुन् । पिलाडीस्थित गाविसमा गठन भएको बाल सञ्जालकी सदस्य पुजा रिजालले बालविवाह गरे कानुनले समात्ने कुरा समेत थाहा नपाउँदा पढ्ने गरेको बताईन् । गाँउमा धेरैले बालविवाह गर्छन् । उनले भनिन् कसैले पनि मैले विहे गरेपछि कानुनी रुपमा सजाय पाउँछु भनेर थाहा नै पाउँदैनन् । गाँउमा साना उमेरका बालबालिकाले प्रेम विवाह गरेपनि गाँउमा दुश्मन हुने डर खवर गर्न डराउने गरेको पिलाडी २ की ललीता विसीले बताईन् । धेरै घटना थाहा हुन्छ तर, सम्वन्धी निकायमा खवर नहुदाँ यस्ता  घटना बढ्ने गरको हो । पिलाडी – ३ जोरेबाँजका चित्रबहादुर विसीले आफुले उमेर पुगेपछि विवाह गरेकै कारण दुख नपाएको र परिवार खुसी भएको अनुभव सुनाएका थिए । चित्र र उनको पत्नि सुष्मा कार्यक्रमस्थिलमै आएर बालविवाहका बेफाईदाका बारेमा सुझाव दिएका थिए । Child Marrigeबालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकायहरु सदरमुकाममै वर्षमा एक दुई पटक अन्र्तक्रिया र गोष्ठी बाहेक अरु क्रियाकलाप गर्दैन् । जिल्ला बाल कल्याण समिति र महिला तथा बालकालिका कार्यालयले सदरमुकाममा बैठक बाहेक ठोस कार्यक्रम नगर्दा बालविवाह झागिदै गएको हो । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले कानुनले स्पष्ट रुपमा दण्ड सजायको ब्यवस्था भएकाले न्यूनिकरणमा सहयोग गरेको बताउँछन् । समाजमा गोप्य रुपमा बालविवाहको मुद्दा मिलाउने प्रथाले कानुनलाई प्रभाव परेको छ । अध्यक्ष घिमिरेले भने, कानुनको पहुँचसम्म नै बालविवाहको मुद्दा नआउने भएको कार्वाहीका प्रकृयामा समस्या भएको हो । जिल्लामा संघसंस्थाहरुको सहयोग लिएर चेतनामुलक कार्यक्रम गरीएको घिमिरेले बताए । गाँउ बाल संरक्षण समिति गठन भएकोले न्यूनिकरणमा टेवा पुगेको उनले बताए ।
जुन रुपमा गाँउमा चेनतास्तर वृद्धिका लागि कार्यक्रम गर्नुपर्ने हो त्यती नभएको घिमिरेले स्विकार गरे । łखोज्दै जाने हो भने धेरै भेटिन्छ ।’ घिमिरेले भने, विवाह गरेको खवर मात्र गरे हामी कार्वाहीको दायरामा ल्याउँछौं ।’ जिल्लामा धेरै बालविवाह हुने गरेपनि पछिल्ला वर्षहरुमा केही संख्या घटेको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक)का अध्यक्ष मञ्जु खड्काले दावी गरिन् ।
बाल विवाहसम्बन्धी कानुनी व्यवस्था
नेपालको विवाहवारी सम्वन्धी कानूनले अभिभावकको सहमतीले १८ वर्षपुगेपछि र केटा–केटीको आफू खुशी विवाह गर्न पाउने उमेर २० वर्ष तोकेको छ, त्यो भन्दा कम उमेरमा विवाह गरे गराएको अवस्थालाई बाल बिवाह भनिन्छ । कानूनमा यसो लेखिए पनि हाम्रो समाजमा बाल विवाह भइरहेका छन्, छोरीलाई १५ वर्ष लाग्यो कि छोरीको विवाह गरी दिनुपर्छ भन्ने सामाजिक संस्कार, कतिले बुहारी भि¥याउँदा घरको कामकाजमा मद्दत हुन्छ भन्ठान्ने, कतिपय अवस्थामा किशोरावस्थामा अभिभावकको रेखदेख कम पुग्दा बालबालिका आफैले उमेर नपुगी विवाह गर्ने गरेको अवस्था छ ।
अभिभावक वा बालबालिका आफैले बाल विवाह गरेको कारण विवाहपछि शिक्षा रोकिने र यसले उनीहरुको ज्ञान सीप आर्जन गर्न सक्दैनन्, फलस्वरुप उनीहरु भविष्यमा आफ्नो कमाईमा निर्भर हुन सक्दैन्, शारीरिक विकास नभईकनै गर्भाधान हुँदा स्वास्थ्य कमजोर हुन्छ । परिवार योजना बनाउन नसक्ने भएको कारण धेरै कलिलै उमेरमा सुत्केरी हुँदा पाठेघर खस्ने भएकोले दीर्घरोगी खतरा पनि उतिकै हुन्छ । यी धेरै बेफाइदा रहने भएकोले बाल बिवाह रोक्न बनाइएको कानूनमा बालविवाह गराउने अभिभावकलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र १ हजारदेखि १० हजार रुपैंयासम्म जरिवाना हुन्छ । बालविवाह गराउने पुरोहित, जन्ती जानेहरु र बालविवाहमा सहमती जनाउने सबैलाई १ महिना कैद वा १ हजार रुपैंयासम्म जरिवाना गर्ने कानूनी व्यवस्था गरेको छ ।



Leave a comment

Your email address will not be published.


*