बाल सहभागिताका विषयमा तालिम

बाल सहभागिताका विषयमा तालिम

ज्वाला सन्देश संम्वाददाता
दैलेख, असोज १२ – दैलेख सदरमुकाममा बाल अधिकार र बाल सहभागिता विषयक तालिम आज सम्पन्न भएको छ । सेभ द चिन्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीतामा संचालित एकिकृत परियोजनाको आयोजनामा कालिकोट र दैलेखका सहभागीलाई उक्त तालिम दिईएको हो ।

वाल सहभागिता तालिमको समापन समारोहमा वोल्दै सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापा
वाल सहभागिता तालिमको समापन समारोहमा वोल्दै सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापा
वाल सहभागिता तालिममा
वाल सहभागिता तालिममा
वाल सहभागिता तालिममा माकुरे जालोको माध्यमवाट वालवालिकाका समस्याहरुलाई रोक्दै
वाल सहभागिता तालिममा माकुरे जालोको माध्यमवाट वालवालिकाका समस्याहरुलाई रोक्दै
वाल सहभागिता तालिममा माकुरे जालोमा सहभागिहरु
वाल सहभागिता तालिममा माकुरे जालोमा सहभागिहरु

३ दिनसम्म चलेको उक्त तालिममा सोसेकका कर्मचारी र कार्य समिति पदाधिकारी गरि २५ जना र कालिकोटबाट किर्डाक संस्थाबाट ५ जना सहभागी भएका थिए । तालिमको सहजिकरण संजोग ठकुरीले गरेका छन् ।
कार्यक्रममा परियोजनासंग सम्वन्धीत कर्मचारी, संस्थाका पदाधिकारी लगायत सहभागी रहेका थिए । परियोजनाले दैलेखका १० गाविस र कालिकोटका १२ गाविसमा काम गरिरहेको छ । तालिम समापन समारोहमा वोल्दै सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापाले तालिमलाई व्यवहारमा उतार्न सहभागिलाई अनुरोध गर्दै आगामी दिनमा वाल क्लवमा आएको परिर्वतन नै तालिमको उपलब्धी हुने वताउनु भयो । तालिमा सहमागी मध्यवाट वोल्दै सोसेकका सामाजिक परिचालक अधिकृत धनसिंह खड्का हामीलाई यो तालिम महत्वपूर्ण रहेको र यसलाई व्यहारमा उतार्ने प्रतिवद्धता व्यत्त, गर्नु भयो । यसै गरि किर्डाक कालिकोटका सामाजिक परिचालक पार्वती सिंहले हामीले नयाँ कुरा सिकेको र अव व्यवहार उतार्ने छौ भन्नु भयो । तालिमको समापन समारोह सोसेक दैलेखका अध्यक्ष मञ्जु खड्काको सभापतित्वमा भएको थियो भने ललित भण्डारीले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया