जिल्लाभर खोरेतको प्रकोप

जिल्लाभर खोरेतको प्रकोप

ज्वाला सन्देश संम्वाददाता
दैलेख, भाद्र १३ –पशु रोग खोरेतको प्रकोप जिल्लाका धेरै स्थानमा देखा परेको छ । पूर्वी भेगमा अवस्थित पगनाथ गाविसका ब्यापक रुपमा खोरेत संक्रमण देखीएको हो ।

पगनाथमा खोरेतको प्रकोपले विरामी गोरुको उपचार गर्दै
पगनाथमा खोरेतको प्रकोपले विरामी गोरुको उपचार गर्दै

उक्त रोग अहिले पश्चिमी गाविसहरुसम्म फैलिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । पगनाथ – ७ का महेन्द्र अधिकारीले गाउ“मा दर्जनौं पशु चौपायाहरु खोरेतकै कारण मरेको बताए । खोरेतबाट बाख्रा, भैंसी धेरै बिरामी भएको स्थानीयहरु बताउँछन् । मृत्यु हुने पशुहरुमा ब्याउने भैंसी र बाख्राका पाठाहरु धेरै छन् । जिल्ला पशु सेवा कार्यालयका अनुसार पगनाथका साथै रुम, विन्ध्यावासिनी, वडाभैरव, सात्तला, सिंगौडी लगायतमा यो समस्या फैलिएको छ ।
कार्यालयका वरिष्ठ पशु प्राविधिक भिमबहादुर विष्टले प्रकोप नियन्त्रण गर्न भ्याक्सिनसहित प्राविधकको टोली खटाइसकेको बताए । विषाणुबाट लाग्ने यो रोग नियन्त्रणका लागि प्राथमिक उपचार गर्ने गरिन्छ । पशुचौपायका मुख र खोरमा घाउ देखिने खोरेतका लक्षण देखीएको विष्टले बताए । हप्तादिनमै रोग नियन्त्रणमा आउने जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
गाँउमा पशु सेवा कार्यालयहरु भएपनि प्राविधिकहरु गाँउमा नपुग्ने समस्याले गर्दा जिल्लामा रोग फैलिएपछि मात्र प्राविधिकहरु पुग्ने गरेको गुनासो सेवाग्राहीहरुको रहेको छ । दुर्गम गाँउहरु भएकाले धेरैजसो सेवाग्राहीको पहुँच प्राविधिकसम्म नपुग्ने गरेको जगनाथका स्थानीय जनक अधिकारीले बताए ।

प्रतिक्रिया