‘विहेवारी २० वर्षपारी’

          |   प्रकाशित मितिः बिहिबार, अशोज १४, २०७२     ::: 459 पटक पढिएको   |  

दैलेख, असोज १३ – पिलाडी -३ जोरेबाँजका चित्रबहादुर विसीलाई किशोराअवस्थामा आफन्त र गाँउलेहरु विवाहका थुप्रै प्रस्ताव आयो । तर, उनले ती प्रस्ताव ठाडै अस्वीकार गरे । आफुसंगै पढेका साथीहरुको बच्चा जन्मिदा समेत उनले विवाह नगरेपछि टोलछिमेकमा उनी बारे अनेक कुराहरु चल्न थाल्यो । तर पनि उनी आफ्नो अडानमा अडिक रहे । उनले आर्थिक, मानसिक र शारिरिक रुपमा परिपक्क नहुन्जेलसम्म विवाह नगर्ने मनसाय बनाएका थिए । łविहेवारी २० वर्षपारी’ भन्ने बुझेको चित्रलाई सानै उमेरमा विवाह गर्दा घरजम राम्रो हुर्दैन भन्ने हेक्का थियो । उनको अडानमा बुवाले साथ दिएपछि उनलाई केही सहज भयो । गाँउलेहरुले अव चित्रले विहे गर्दैन् भनेर पनि हल्ला गरेको थिए । उनले पुरानो कुरा सम्झदै भन्छन् ।

उमेर पुगेर विवाह गरेर गाँउमै उदाहरण बनेका चित्र र सुष्माको जोडी

उमेर पुगेर विवाह गरेर गाँउमै उदाहरण बनेका चित्र र सुष्माको जोडी

अहिले उनी ३१ वर्षका भए । उनले उनले आफ्नो पढाई लेखाईसगै जाँगीर खाएपछि २७ वर्षको उमेरमा विवाह गरे । उनको गाविसमा सानैमा विवाहबन्धनमा बाँधिने जोडीहरु धेरै छन् । निमावी र मावि पढ्दापढ्दै प्रेमसम्वन्धकै कारण बालविवाह गर्ने जोडीहरु टोलैपिच्छे छन् । तर, विसी गाँउमै उमेर पुगी विवाह गर्ने नमुना जोडी हुन् । उनले सुर्खेतको लाटीकोईलीमा घरभएकी सुष्माकुमारी खत्रीसंग २०६७ मा चिनचानपछि बुवाआमालाई मागी विहे गर्न पठाए । दुवैले आफ्नो पढाई विएडसम्म सके । अनि एकअर्कोलाई गहिरिएर बुझेपछि २०६८ मा विवाह गरे । विवाह गर्दा चित्र २७ र सुष्मा २४ वर्षकी थिईन् । उनीहरुविच चिनचान भएको धन्नै ४ वर्षपछि विवाहबन्धनमा बाँधिएका चित्र र सुष्मा गाविसमै सफल र नमुना जोडीमा कहलिएका हुन् ।
चित्रले गाँउकै नेपाल राष्ट्रिय माविमा निमावि तहमा अंग्रेजी पढाउँछन् । सुष्माले पनि बगौरामा बोर्डिङमा पढाउँछिन् । गाँउमा १० वर्षदेखी विवाहको साईत सुरु हुन्छ । चित्रका साथीहरु सवैले कलिलै उमेरमा विवाह गरे । सानैमा छोराछोरी जन्माईसके । साथीहरुले विहे गरेपछि गाँउमा रहेका आफन्तहरुमा विवाहको लागि ठुलो दवाव पनि आयो । तर, घरमा बुवाले विवाह पढेर जाँगीर खाएर गर्नुपर्छ भनेर उत्साह दिएकै कारण चित्र अडिक भए । पढाईसगै जाँगिर पनि खाए अनि, उमेर पुगेपछि आफ्नो प्रेमलाई बुवाआमाको हातबाट मागी विवाह गराएर विहे गरे । तर, उनलाई २७ वर्षसम्म विवाह नगदा गाँउमा कुरा काटेर बसीखान दिएनन् । कुरा काट्नु पनि थरिथरिका । जो उनी भन्नै लाज मान्र्छन् । łबुढीयो अव चित्र विक्दैन् भनेर सवैको मुखबाट सुन्दासुन्दा दिक्क भैसकेको थिए ।’ चित्रले भने, सानैमा विहे गरेर घरवार तहसनहर भएको धेरै देखेकाले म चनाखो थिए । साथीभाईहरु सानैमा विहे गरे, अहिले होसमा आएका छन् ।’ आफु आफनै खट्टामा उभिएर परिपक्क भएर विवाह गरेका चित्र र सुष्माको सुन्दर भविष्य देखेर गाँउले नै छक्क पर्ने गरेका छन् । उनीहरुको छोरी आकृती ३ वर्षकी छन् । यी जोडीमा छोराछोरी जुन जन्मिएपनि आफुहरुलाई असर नपर्ने बताउँछन् । सुष्मा भन्छिन् ः łगाँउमा धेरैले ५ कक्षादेखी १० कक्षासम्म नपुग्दै विहे गरेका धेरैछन् । अव, सवै मिलेर त्यो संख्या रोक्नुपर्छ ।’ उनी भन्छिन ः łजसले आमाको स्वास्थ्यमा असर त पारेकै र परिवारमा कलह पनि उत्तिकै छ ।’
चित्रको अनुभवमा प्रेमकै चक्करमा सानैमा विवाह गर्नेहरु घरायसी झमेला, आर्थिक समस्या, सानैमा बच्चा पाउँदा स्वास्थ्यमा समस्या, शिशु र आमाको मृत्युसम्मका घटना घटेको छन् । उनी भन्छन् ः łहिजोआज त सम्वन्ध विच्छेदले चर्चा नै कमाएको छ । सानैमा प्रेम, उमेर पुगेपछि अलग जिवन विताउनुपर्ने अँझ धेरैजसोले बहुविवाह गर्ने गरेका छन् । गाँउमा सानैमा विवाह गर्नेहरु धेरैको सगैबसेपनि सम्वन्ध विग्रीएको, सम्वन्ध विच्छेद गरेका छन् ।’ चित्र भन्छन् विहैकै कारण २ जना महिलाले सन्तान जन्माउन नसकेर मरे । बच्चा पनि मरे । बाँचेकाहरु पनि स्वास्थ्य राम्रो छैन् । चित्रले उमेर पुगेपछि पढाईलाई निरन्तर दिएर आर्थिक सक्षमता हासिल गरेपछि मात्र विवाह गर्न सुझाव दिर्दै आएका छन् । उनले गाँउघरमा विहे गर्नु अघि सवै कुरा बुझेर मात्र गर्नुपर्ने सुझाव दिने गरेको बताउँछन् । २ वर्षभित्र पिलाडीमा गाविसस्तरिय बाल सञ्जालले गरेको गरेको अध्यायनमा ६४ नयाँ जोडीले बालविवाह गरेका छन् । ६४ जोडीमध्ये १० जोडीले मात्र पढाई निरन्तरता दिएको उल्लेख छ ।
सानैमा विहे गर्दा विजोग
१६ वर्षकै कलिलो उमेरमा प्रेम विवाह गरेकी पिलाडी – ६ तोली गाँउकी कमला नेपाली अहिले ३० वर्षकी भईन् । विवाहको केही वर्ष घरवार राम्रो भएपनि लामो समय टिक्न सकेन् । राम्रोसंग चिनजान नै नभई प्रेम विवाह गरेकी कमला अहिले ३ छोरासंग एक्लै बस्छिन् । उनले १७ वर्षको उमेरमै पहिलो बच्चा जन्माईन् । पहिलो बच्चा जन्मिएपछि नै विरामीले थला परिन् । पेटकै समस्याले उनी ७ वर्षसम्म थलिईन् । उपचारमा धेरै पैसा खर्चिईन् पनि । तर, उपचार पूर्णरुपमा हुन सकेन् । उपचार पुरा नहुँदै घर फर्किएकी उनले फेरी २ सन्तानको जन्म दिईन् ।
सानैमा प्रेम विवाह गरेर गएको भन्दै उनलाई माईतीले ७ महिना त बोलचाल नै नगरेको कमलाले बताईन् । ३ वर्षअघि श्रीमान पनि विरामीले थलिएर मृत्यु भएपनि उनको जिवन झन विजोग भएको छ । ९ कक्षा पढेर विहेपछि छुटेको पढाई ३ छोराको जन्मपछि एसएलसी पाससम्म पु¥याईन् । तर, गाँउमा धेरै जाँगीरका अवसर आएपनि उनले पाईनन् । भात खादा घाटी लागे झै भएको छ । बुवाआमाले विवाह गर्दा गाली गरेको । कमलाले भनिन्, विहेको केही महिनापछि सासुससुराबाट अलग भएपछि दुखका दिनहरु सुरु भएको हो । के पो होला भनेर विवाह गरे, न त पढाई नै राम्रो भयो न सम्पती नै कमाईयो । अहिले जिन्दगी नै अधुरो भयो । उनले १७ वर्षमा जिवन, १९ वर्षमा टिकाराम र २२ वर्षमा दिपकलाई जन्म दिएकी थिईन् । कमाई नहुँदा प्रेम विवाहले मात्र केही नहुने भन्दै कमलाले आफुले गरेको विवाहलाई भुल भएको स्विकारेकी छिन् । छोराहरुका लागि पनि दुखमै जिन्दगी विताएको छु । कमलाले भनिन । कमलाजस्तै पिलाडीमा धेरै बालविवाह गर्ने गरेको पाईएको छ । धेरैले सम्वन्धी विच्छेद समेत गर्ने गरेका छन् । घरायसी समस्या बालविवाह गर्ने जोडीहरुमा उस्तै दर्दनाक छ ।
सुस्त सरकारी कदम
बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकायहरु सदरमुकाममै वर्षमा एक दुई पटक अन्र्तक्रिया र गोष्ठी बाहेक अरु क्रियाकलाप गर्दैन् । जिल्ला बाल कल्याण समिति र महिला तथा बालकालिका कार्यालयले सदरमुकाममा बैठक बाहेक ठोस कार्यक्रम नगर्दा बालविवाह झागिदै गएको हो । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले कानुनले स्पष्ट रुपमा दण्ड सजायको ब्यवस्था भएकाले न्यूनिकरणमा सहयोग गरेको बताउँछन् । समाजमा गोप्य रुपमा बालविवाहको मुद्दा मिलाउने प्रथाले कानुनलाई प्रभाव परेको छ । अध्यक्ष घिमिरेले भने, कानुनको पहुँचसम्म नै बालविवाहको मुद्दा नआउने भएको कार्वाहीका प्रकृयामा समस्या भएको हो । जिल्लामा संघसंस्थाहरुको सहयोग लिएर चेतनामुलक कार्यक्रम गरीएको घिमिरेले बताए । गाँउ बाल संरक्षण समिति गठन भएकोले न्यूनिकरणमा टेवा पुगेको उनले बताए ।
जुन रुपमा गाँउमा चेनतास्तर वृद्धिका लागि कार्यक्रम गर्नुपर्ने हो त्यती नभएको घिमिरेले स्विकार गरे । łखोज्दै जाने हो भने धेरै भेटिन्छ ।’ घिमिरेले भने, विवाह गरेको खवर मात्र गरे हामी कार्वाहीको दायरामा ल्याउँछौं ।’ जिल्लामा धेरै बालविवाह हुने गरेपनि पछिल्ला वर्षहरुमा केही संख्या घटेको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक सेवा केन्द्र सोसेकका प्रथमअध्यक्ष हिरासिह थापाले दावी गरे ।
दैलेखमा बाल विवाहसम्वन्धी तथ्यांक
बालविवाहले महिलाको स्वास्थ्यलाई अत्यन्तै प्रतिकूल प्रभाव पारेको छ, यो कुरा जनसंख्याको तथ्यांक केलाउदा थाहा पाउछौैं । जिल्लाको कुल जनसंख्या २,६१,७७० मा १,२६,९९० पुरुष र १,३४,७८० महिला छन् । त्यो जनसंख्याको ३२ दशमलव २५ प्रतिशतले २० वर्ष नपुग्दै विवाह गर्छन । कानूनी भाषामा त्यसलाई बाल विबाह भनिन्छ, बाल विवाह गर्ने पुरुष २९,७३४ र बाल विवाह गर्ने महिला झण्डै दोब्बरको संख्यामा ५४,७९० जना छन् । तथ्यांक विभागले प्रकाशित गरेको विवरण अनुसार २९,३९३ ले १९ वर्ष उमेर नपुग्दै बच्चा जन्माउने गरेका छन् । कुल जनसंख्याको ११ दशमलव २३ प्रतिशत ओगटेको त्यो संख्या मध्ये १३,७८९ ले त यो अवधिमा २ बच्चा जन्माइसकेको पाइएको छ ।
राष्ट्रिय जनगणना २०६८ ले लिएको तथ्यांक विवरणमा दैलेखमा १० वर्ष नपुग्दै ८९४ जनाले विवाह गरेका उल्लेख छ । त्यो उमेर विवाह गर्ने पुरुष १६३ र महिला ७३१ जना छन् । त्यसपछि १०–१४ वर्ष उमेरमा १३,३६४ ले विवाह गरी सकेका हुन्छन्, यी मध्ये २८११ पुरुष र १०५५३ महिला छन् । सोही तथ्यांक अनुसार १५–१९ वर्षको उमेर विवाह गरी सकेकाहरु ७०,१६६ जना परेका छन् । त्यो उमेरमा विवाह गर्ने पुरुष २६,७६० र महिला ४३,४०६ भएको देखिएको छ । यसरी तथ्यांक केलाउदा २० वर्ष नपुग्दै विवाह गर्ने जनसंख्याको ८४,४२४ जना अथवा ३२ दशमलव २५ प्रतिशतले बाल विवाह गरेका आफैले विवरण दिएका छन् । कानूनले २० वर्ष नपुग्दै विवाह गर्नु बाल विवाह मानिन्छ ।
बाल विवाहसम्बन्धी कानुनी व्यवस्था
नेपालको विवाहवारी सम्वन्धी कानूनले अभिभावकको सहमतीले १८ वर्षपुगेपछि र केटा–केटीको आफू खुशी विवाह गर्न पाउने उमेर २० वर्ष तोकेको छ, त्यो भन्दा कम उमेरमा विवाह गरे गराएको अवस्थालाई बाल बिवाह भनिन्छ । कानूनमा यसो लेखिए पनि हाम्रो समाजमा बाल विवाह भइरहेका छन्, छोरीलाई १५ वर्ष लाग्यो कि छोरीको विवाह गरी दिनुपर्छ भन्ने सामाजिक संस्कार, कतिले बुहारी भि¥याउँदा घरको कामकाजमा मद्दत हुन्छ भन्ठान्ने, कतिपय अवस्थामा किशोरावस्थामा अभिभावकको रेखदेख कम पुग्दा बालबालिका आफैले उमेर नपुगी विवाह गर्ने गरेको अवस्था छ ।
अभिभावक वा बालबालिका आफैले बाल विवाह गरेको कारण विवाहपछि शिक्षा रोकिने र यसले उनीहरुको ज्ञान सीप आर्जन गर्न सक्दैनन्, फलस्वरुप उनीहरु भविष्यमा आफ्नो कमाईमा निर्भर हुन सक्दैन्, शारीरिक विकास नभईकनै गर्भाधान हुँदा स्वास्थ्य कमजोर हुन्छ । परिवार योजना बनाउन नसक्ने भएको कारण धेरै कलिलै उमेरमा सुत्केरी हुँदा पाठेघर खस्ने भएकोले दीर्घरोगी खतरा पनि उतिकै हुन्छ । यी धेरै बेफाइदा रहने भएकोले बाल बिवाह रोक्न बनाइएको कानूनमा बालविवाह गराउने अभिभावकलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र १ हजारदेखि १० हजार रुपैंयासम्म जरिवाना हुन्छ । बालविवाह गराउने पुरोहित, जन्ती जानेहरु र बालविवाहमा सहमती जनाउने सबैलाई १ महिना कैद वा १ हजार रुपैंयासम्म जरिवाना गर्ने कानूनी व्यवस्था गरेको छ ।
गोविन्द केसी
साभार ः नागरिक दैनिक



1 Comment on ‘विहेवारी २० वर्षपारी’

  1. Appreciating the persistence you put into your blog and in depth
    information you present. It’s good to come across a blog every once in a while that isn’t the same old rehashed material.

    Fantastic read! I’ve bookmarked your site and I’m including your RSS feeds to my Google account.

Leave a comment

Your email address will not be published.


*