स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा ।।

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा ।।

ज्वाला सन्देश संम्वाददाता
दैलेख, असोज १४, दैलेखको पश्चिममा पर्ने सिंहासैन स्वास्थ्य चौकीमा आज स्थानीय बासिन्दाले ताला बन्दि गरेका छन् । विगत ७ गते देखी कर्मचारी विहिन हुँदा स्वास्थ्य चौकी बाट पाउने सेवा सुविधा बाट स्थानीय बासिन्दा बन्चित भए पछि ताला बन्दि गरिएको हो । दैनिक १५÷२० जना भन्दा बढि सेवाग्राही आउँदै फर्कनु परेको स्थानीय बासिन्दा छवि थापाले बताउनु भयो । स्थानीय बासिन्दा द्रुपति थापा दुई दिन देखी सुत्केरी वेथाले छटपटि रहेको अबस्थामा स्वास्थ्य चौकीमा कोहि पनि स्वास्थ्यकर्मी नहुँदा दुई दिन पछि परम्परागत शैलीबाट ४ घण्टाको पैदल दुरी बाट सुडिनी वोलाई मंगलबार विहान सुत्केरी गराईएको थियो । अनमी, ग्रामिण स्वास्थ्य कार्यकर्ता, अहेव र एच.ए.को दरवन्दि रहेको स्वास्थ्य चौकीमा कोहि पनि स्वास्थ्यकर्मी नभएको स्थानीय बासिन्दा बताउँछन् । असोज ७ गते देखी कार्यालय सहयोगीको भरमा स्वास्थ्य चौकी चल्दै आईरहेको थियो । तत्काल स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नपठाए अन्य आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने उहाँले बताउनु भयो । यता जिल्ला स्वाथ्य कार्यालय दैलखका निमित्त कार्यालय प्रमुख डा. निर्मल रसाईलिले एक जना कर्मचारीले एच.ए.मा नाम निकालेर अन्तरवार्ता दिन गएको, अर्काे एक जना अहेवको श्रीमतिको सुत्केरी गराउँदा अपरेसन गर्नु पर्ने अबस्था आएकोले सुर्खेत गएको, एक जना अनमी अपरझट विदा बस्नु परेको बताउनु भयो । अबको २४ घण्टा भित्र अहेव भुवनराज पौड्याल कार्य स्थलमा पुग्ने डा. रसाईलिले बताउनु भयो । समाचारमा हिजो अहेवको श्रीमति सुत्केरी हुँदा अपरेसन गर्नु पर्ने भएकाले अहेव घरविदामा जानु पर्ने भएकाले हुनु पर्नेमा अन्यथा भएकोले सच्याईएको छ ।

प्रतिक्रिया