महिला युबा तथा बाल अधिकार प्रबद्धन कार्यक्रमको सहजिकरण ।।

महिला युबा तथा बाल अधिकार प्रबद्धन कार्यक्रमको सहजिकरण ।।

ज्वाला सन्देश संम्वाददाता
दैलेख, असोज १४, महिला हिसां तथा बालबालिका दुर्बव्याबहार सम्बन्धि एक दिने गोष्ठि आज बाँसि गाविसमा सम्पन्न भएको छ । ए.ई.आई.को आर्थिक सहयोग, टि.डि.एच. जर्मन नेपालको प्राविधिक सहयोगमा सामाजिक सेवा केन्द्र सोसेक दैलेख द्धारा सञ्चालित महिला युबा तथा बाल अधिकार प्रबद्र्धन कार्यक्रमको सहजिकरणमा बासिगाबिसका ४४ जनाको सहभागिता रहेको थियो । बासि महिला सञ्जालका अध्यक्ष शान्ति बुढाको अध्यक्षतामा महिला हिसां तथा बालबालिका दुर्बव्याबहार सम्बन्धि एक दिने गोष्ठि सञ्चालन गरिएको हो । उक्त गोष्ठिमा घरेलु हिसा, लैङ्गीक बिभेद, छुवाछुतका आधारमा हुने हिसां न्यनिकरण गर्न के गर्नु पर्छ ? बाल अधिकार हनन् भईरहेको घटनामा कमि ल्याउन, हरेक काममा महिला सभागिता कसरि बढाउने ? भन्ने बिषय बस्तुमा छलफल गरिएको थियो । कार्यक्रमको सहजिकरण निर्मला नेपालिले गर्नु भएको जनाईएको छ ।

प्रतिक्रिया