सेवा प्रदायकहरुको गरे, अवलोकलन भ्रमण

सेवा प्रदायकहरुको गरे, अवलोकलन भ्रमण

ज्वाला सन्देश संवाददाता
दैलेख, असोज १९ – दैलेखका रामघाट–सिहासैन, चुप्रा–मेहेलतोली र देशीगाडे – महावु सडक खण्ड अन्र्तगत रहेका सेवा प्रदायकहरुले अन्र्तरजिल्ला भ्रमण तथा अवलोकलन गरेका छन् । उनीहरुले सुनेको विर्सिन्छ र देखेपछि विश्वास बड्छ भन्ने मुल नाराका अग्रिकार गर्दै भ्रमण गरेका हुन् । visitभ्रमणपछि उनीहरुले बाहिरी जिल्लामा भैरहेको कामहरु समेत देख्ने अवसर पाएका हुन् । ग्रामिण पहुँच कार्यक्रम तेश्रो चरणको आर्थिक सहयोग, हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपालको कार्यन्वयन सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा संचालित सामाजिक आर्थिक विकास कार्यक्रम अन्र्तगत रामाघाट सिहासैन, चुप्रा मेहलतोलि र देसिगाडे महावु सडक खण्डमा रहेका सेवा प्रदायकहरुका लागि अवलोंकन भ्रमण गराईएको हो । भ्रमणका माध्यमबाट उनीहरुको क्षमतामा बृद्धि, भ्रमणका क्रममा देखीएका राम्रो अभ्यासको अनुसरण गर्नुका साथै सम्वधित सेवाप्रदायकहरुको सम्वन्धित व्यक्ति तथा संस्था निजि क्षेत्र जस्तै एग्रोभेट संचालक, संकलक, सव्जीमण्डी र सहकारीका व्यक्तिहरुविच अन्र्तक्रिया तथा अवलोकन समेत भएपछि सम्वन्ध स्थापित गर्ने उद्देश्यले संचालन गरीएको उक्त भ्रमणमा दैलेख जिल्लाको सदरमुकामदेखि सुर्खेत जिल्लाको छिन्चु दमारेसम्म भएको थियो ।
भ्रमणमा उनीहरुले कार्केतडा बहुउद्देश्य सहकारी संस्था तथा संकलन केन्द्र माथिल्लो डुङ्गेश्वर, पाण्डे संकलन केन्द्र गुरासे, मयूर कृषि तथा पशुपालन सहकारी संस्था सेरी दोवाटोद्धारा संचालित संकलन केन्द्र, सितल एग्रोभेट सुर्खेत, बावु एण्ड शाहीमण्डी, देबकोटा मण्डी सुर्खेत, हरियोहिरा कृषितथा जडीवुटि सहकारी संस्था विनपा २० उत्तरगंगा सर्खेत, कालिदमार अदुवाप्रशोधन केन्द्र छिन्चु सुर्खेत, पवित्र जनकल्याण कृषक शहकारी संस्था मेहलकुना सुर्खेत, ज्वाला सहकारीद्धारा संचालित गोगनपानी बुवैराखेका ७ वटा संकलन केन्द्र र बेलपाटा दुग्ध उत्पादन सहकारी संस्था वेलपाटा ४ चुप्रा दैलेखको अवलोकन गरेका थिए । भ्रमणमा सम्वन्धित ३ वटै सडक खण्डका एग्रोभेट संचालक, संकलक र कृषि उपज वजार व्यवस्थापन समितिका पदाधिकारी ११ जना र ३ जना सम्वन्धित कर्मचारी गरी जम्मा १४ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया