कापी नपाउँदा बालश्रमीक !

कापी नपाउँदा बालश्रमीक !

गोविन्द केसी
दैलेख, असोज २६ – बालेकाँडा माध्यमिक विद्यालय भैरीकालिकाथुममा कक्षा ६ मा पढ्ने र ११ वर्षिय राजेश रिजाल पढाईमा तेज छन् । कक्षा ५ उत्तिर्ण हुँदा प्रथम भएका राजेश गरिवीकै कारण बालश्रमीक हुन पुगे । पढाईमा तेज राजेशका लागि विद्यालयमा लेख्ने कापी नहुँदा १ महिना बालश्रीमक हुन पुगेका हुन् ।

छात्रवृति वितरण गर्दै सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापा
छात्रवृति वितरण गर्दै सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापा

IMG_4171

छात्रवृति वितरण गर्दै सोसेकका सदस्य सुर्य वहादुर शाही
छात्रवृति वितरण गर्दै सोसेकका सदस्य सुर्य वहादुर शाही
वाल श्रमिक घर पुर्याउदा छात्रवृति वितरणमा उपस्थित जनसमुदाय
वाल श्रमिक घर पुर्याउदा छात्रवृति वितरणमा उपस्थित जनसमुदाय
उद्धार र छात्रवृति वितरण पछि झोला वोकीरहेका दुई वालक
उद्धार र छात्रवृति वितरण पछि झोला वोकीरहेका दुई वालक
शाही वडाभैरव होटेल दैलेख वजारमा साग काटिरहेका दुई वालक
शाही वडाभैरव होटेल दैलेख वजारमा साग काटिरहेका दुई वालक

आमासंग कापी किनिदिन राजेशले बारम्वारभन्दा समेत नपाएपछि घरै छोडेर दैलेख सदरमुकामको एक होटलमा बालश्रीमक भएर काम गरे । मासिक १५ सयमा उनीहरु बालश्रमीकका रुपमा काम गरेका थिए । गरिवीका कारण कापी किन्ने पैसा समेत नभएका राजेशले कापी मागेकै कारण सिस्नेपानी समेत खानुप¥यो । पढ्ने ईच्छा हुँदाहुँदै पनि राजेश कामको खोजीमा घरबाट निस्कनुप¥यो । łपढौं भने कपी किन्नका लागि घरमा पैसा समेत थिएन् । राजेशले भने, दिनहुँ कपीका लागि आमालाई कचकच गर्दा सिस्नेपानी लगाउनुभयो । पढ्ने कुरै भएन् अनी काम गर्न हिडे । १ महिना बालश्रमीकका रुपमा काम गरेका राजेश र उनका साथी १२ वर्षिय जयबहादुर विकलाई बालश्रमबाट मुक्त गराएर घरमै पु¥याएपछि उनीहरुका आफन्तले हर्षको आशु समेत निकाले । उनीहरुलाई लिन आमा र दाई आएका थिए । आमा र दाई आएसंगै गाँउभरीका आफन्तहरु समेतको ठुलो भिड् नै लाग्यो । गरिवीका कारण पढाउन नसकेको स्विकारदै राजेशकी आमा पदमकला रिजालले कपी किन्ने पैसा नहुँदा छोराले धेरै दुख पाएको भन्दै गहभरी आँशु निकाल्दै रोईन् ।
जयबहादुरको दाई उपेन्द्र भाईलाई लिन आएका थिए । जयबहादुर गाँउकै भैरव प्रावि पिपलचौतरामा कक्षा ५ मा पढ्छन् । łछोराको पढाई राम्रो भएपनि खाने खर्च समेत नहुँदा पढाउन कलमकापी किन्ने पैसाको जोहो कसरी गर्ने ? राजेशकी आमा पदमकलाले भनिन् पढाएर ठुलो मान्छे बनाउने ईच्छा हुँदाहुँदै पनि रोएर बस्नु परेको छ । ४ छोरा र ३ छोरी गरी ७ छोराछोरी भएका कदमकलाको परिवार आर्थिक अभावकै कारण श्रीमान पनि कमाईका लागि भारततिर हानिएका छन् । घर छोडेर गएपछि दुवै जनाको २ दिनसम्म खोजी गरिएको थियो । सदरमुकामको होटलमा काम गरेको खवर पाएपछि लिन जाने तयारी हुँदाहुँदै पनि जानेआउने खर्च नहुँदा जानै नसकिएको पदमकलाले बताईन् । घरमै आएको छोरालाई अगला हाल्दै भनिन् łअव मलाई छोडेर नजानु तेरो पढाईका लागि काम गरेर भएपनि खर्च निकाल्छु । यहाँसम्म छोरालाई ल्याईदिनुभएको सवैलाई धन्यवादसमेत बारम्वार दिईरहेकी थिईन् । उनीहरुलाई सामाजिक सेवा केन्द्रले उद्धार गरी घरमै पु¥याएको थियो । पढाईमा बाधा नपरोस् भनेर शौक्षिक सामाग्री र स्कुल पोशाक समेत किनेर दिएको सोसेकका संस्थापक अध्यक्ष हिरासिह थापाले बताए । łउनीहरुका आफन्तलाई दुवै बालक जिम्मा लगाईयो । सोसेकका संस्थापक अध्यक्ष थापाले भने, उनीहरुको पढाईका लागि बाधा नहोस् भनेर शौक्षिक सामाग्री र स्कुल पोशाक दिएका छौ । उनीहरुलाई निरन्तर भेटघाट गरी पढाईमा सहयोग गर्ने छौ ।

प्रतिक्रिया