कर्णालीमा डुंगा दुर्घटनामा एकको मृत्यु

कर्णालीमा डुंगा दुर्घटनामा एकको मृत्यु

ज्वाला सन्देश सम्वाददाता
दैलेख, कात्तिक ६ – लयाटीविन्द्रासैनी गाविसको पाल्तडादेखी आधा घण्टा माथि कर्णाली नदि हुँदै अछामबाट दैलेखतिर आउँदै गरेको डुंगा पल्टिदा एक जनाको ज्यान गएको छ ।
शनिवार साँझदेखी उक्त डुंगा पल्टिदा दुई महिला बगेका थिए । एक महिलाको उद्धारपछि शकुसल भरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक पुस्करबहादुर चन्दले बताए । कर्णालीले बगाएर बेपत्ता भएकी अर्की महिलाको १ घण्टाको दुरीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक लयाटीविन्द्रासैनी – ३ बस्ने ४५ वर्षिया रुपा शाही रहेकी छिन् ।
त्यस्तै उद्धार हुनेमा लयाटीविन्द्रासैनीकै अमृता शाही रहेकी छिन् । उनको अवस्था सामान्य भएको प्रहरीले जनाएको छ । पाल्तडा प्रहरी चौकीबाट सई लोकबहादुर बुढाको नेतृत्वमा डुंगा दुघटनामा हराईरहेकी महिलालाई खोजी शव पत्ता लगाएका थिए । उक्त डुंगामा ३ जना सवार थिए । डुंगा चालक भैरवस्थान काभ्रे अछामका टेकबहादुर बुढाले दुवै महिलालाई बचाउन खोजेपछि एक जना हराएर मृक्त फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अछामबाट कर्णाली तरेर ढुंगा बगरनजिक रोक्न लाग्दा दुंघटना भएको थियो ।

प्रतिक्रिया