ईन्धन अभावले एम्वुलेन्स समेत थप्प

ईन्धन अभावले एम्वुलेन्स समेत थप्प

गोविन्द केसी
गोविन्द केसी

दैलेख – ५ दिनदेखी शुभकामना सहकारी मार्फत चलेको भे १ च १५०२ एम्वुलेस ७ दिनदेखी थप्प भएको छ । ईन्धन अभावमा सातादिनदेखी एम्वुलेस नचल्दा दैलेखमा विरामीहरुको विचल्ली नै भएको छ । करिव दुई महिनाजति चलेका यहाँका एम्वुलेन्सहरु दशैं देखी चल्न नसकेका हुन् ।
एम्वुलेन्स चल्न नसक्दा टाढाबाट विरामीहरुलाई अस्पतालसम्म ल्याउनै सकस हुने गरेको छ । तेल पाईने बेलासम्म निरन्तर विरामीको सेवाका लागि एम्वुलेन्स कुदाएपनि अहिले तेल पाईन छाडेपछि बेकामे झै भएको सुभकामना सहकारीमार्फत चलेको एम्वुलेन्सका चालक अर्जुन शाहीले बताए । विरामी लैजानका लागि गाँउबाट धेरै फोन आउने गर्छ । एम्वुलेन्स चालक शाहीले भने, विरामी ओसार्ने ईन्छा हुँदाहुँदै पनि तेलकै कारण आउन नसक्ने जवाफ दिनुपर्छ । निकै नरमाईलो लाग्छ । उसो त दैलेखमा ३ वटा एम्वुलेन्स छन् । सवैको हालत उस्तै हुन् । जिल्ला अस्पताल दैलेखको एम्वुलेन्स नचलेको अँझै ३ हप्ता बढी नै भयो ।
तेल अभावसंगै रोकिएको जिल्ला अस्पतालको एम्वुलेन्स पुरानो हो । बराह गाविसमा भारतिय भुपु सैनिकहरुले चलाएको एम्वुलेन्स सुर्खेतमा जाने भएकाले उपलब्ध भएको तेल लिएर छिटपुट रुपमा चल्ने गरेपनि दुई एम्वुलेन्स थप्प छन् । पैसा हुनेवालाहरुले मंहगोमा निजि गाडी भाडामा लिएर भएपनि विरामी ओसार्ने गरेका छन् । तर, कम आर्यश्रोत हुनेहरुले घण्टौ लगाएर अस्पताल विरामी लग्नुपर्ने बाध्यता छन् । गम्भिर अवस्थाका विरामीहरुलाई जिल्ला प्रहरी कार्यालयको जिपले अस्पताल पु¥याउने गर्दछ । एम्वुलेन्स नहुँदा कतिपय स्थानहरुमा गम्भिर अवस्थाका विरामीहरुलाई अस्पताल पु¥याएर सहयोग गर्ने गरेको दैलेख प्रहरी प्रमुख (डिएसपी) वीरबहादुर ओलीले बताए ।
विकास निर्माण ठप्प
दैलेखमा भारतीय नाकाबन्दीका कारण सञ्चालित विभिन्न आयोजनाको विकास निर्माण कार्य ठप्प भएको छ । इन्धन अभाव हँुदा सडक, पुलदेखि जलविद्युत आयोजनाका काम ठप्प हुन पुगेका हुन् । जिल्ला विकास समिति र नारायण नगरपालिकाका विकासे काम समेत थप्प भएका छन् । उनीहरुले दसैं–तिहारमा यात्रुको सुविधालाई मध्यनजर गरी वर्षातले अवरुद्ध सडकहरु मर्मत गर्ने योजनामा बनाएपनि इन्धन अभावले काम रोकिएको हो ।
नाकाबन्दीका कारण भारतबाट पेट्रोेलियम पदार्थको आपूर्ति रोकिएपछि जिल्लामा सञ्चालित साना ठूला आयोजना प्रभावित भएका छन् । नारायण नगरपालिकाका शाखा अधिकृत निरक रावलले इन्धन अभावले डोजर थन्काईको बताए । ‘दशैंतिहार अघि नै सडक मर्मत गर्ने योजना थियो । रावलले भने, इन्धन अभावले सवै योजना रोकिए । इन्धनको हाहाकारले फोहोर संकलनमा समेत समस्या भएको उनले बताए । इन्धन अभावकै कारण मध्यपहाडी राजमार्गमा निर्माणाधिन पुलको कामसमेत रोकिएको छ । लोहोरेखोलामा बन्न लागेको पुलको काम दुई सातादेखि ठप्प भएको निर्माण कम्पनीले जनाएको छ । नौमूले क्षेत्रमा बन्न लागेका दुई जलविद्युत आयोजनाको काम ठप्प भएको छ । ४ दशमलब २ मेगावाटको लोहोरेखोला र ३ दशमलब ७५ मेगावाटको द्वारीखोलाको इन्धनबाट हुने कामकाज रोकिएको कम्पनीले जनाएको छ । द्वारीखोलाको प्रवद्र्धक भूगोल इनर्जी प्रालिका सञ्चालक मोहनविक्रम कार्कीले इन्धन नहुँदा मेसिनहरु चलाउन गाह्रो भएको बताएका छन् । ‘आफुहरुले ८० प्रतिशत काम सकिएको थियो ।’ कार्कीले भने, ५ महिलाभित्र विजुली बाल्ने लक्ष्य थियो । ईन्धनकै कारण पछाडी सर्ने भो । लोहोरेखोलाको काम इन्धन अभाव हुँदा ठप्प हुँदा समस्या भएको ठेकेदार तुलचन्द बोहोराले बताए । बढी मूल्य असुलेर कालोबजारी नगर्न पनि सचेत गराएको बजारअनुमग समितिका टोली सदस्य प्रहरी निरीक्षक पुष्करबहादुर चन्दले बताए ।
पेट्रोल अझैं आएन
नाकाबन्दी खुकुलो हुँदासमेत दैलेखमा अझैं पेट्रोल आपूर्ति हुन सकेको छैन् । जिल्लामा आयल निगमको एकमात्र अधिकृत विक्रेताले यसअघि पेट्रोलको स्विकृति नलिएकाले निगमको क्षेत्रीय डिपोले पेट्रोल पठाउन समस्या भएको हो । पुरानोबजारस्थित श्रेष्ठ आयल स्टोर्सले डिजेलका लागि मात्र अनुमती लिएकाले पेट्रोल जिल्लामा ल्याउन नसकिएको हो । लामो समयदेखि इन्धन अभाव झेल्दै आएका साना सवारी साधनले पेट्रोल नपाउँदा आवागमन प्रभावित हुन पुगेको छ । यसअघि सुर्खेतबाट अनधिकृत रुपमा ढुवानी गरेर सदरमुकामका विभिन्न पसलबाट इन्धन बिक्री हुँदै आएको थियो । निगमको अधिकृत विक्रेता श्रेष्ठ आयल स्टोर्समा तेल आएको दिनमा यात्रु तथा मालवाहक सवारीसाधनका लागि डिजेल ३ घण्टामै सकिने प्रोपराईटर सरस्वती श्रेष्ठले बताईन् । थोरै तेल दिने भएकाले जिल्लालाई धान्नै नसकिने श्रेष्ठ बताईन् । दशैंअघिदेखी नै तेल नआएको जनाईएको छ । मोटरसाइकलको सहायताले गन्तव्यमा पुग्नेहरु पेट्रोल नभएपछि निराश छन् । घर जाने तयारीमा रहेकाहरु पेट्रोलको पखाईमा बसेको हप्तौं बितिसकेको छ । अधिकांश सरकारी तथा निजी मोटरसाइकलहरु पेट्रोल अभावले त्यसै थन्किएका छन् ।

प्रतिक्रिया