मध्यपहाडी निकास संर्घष समिति घोषणा गरी आन्दोलित

मध्यपहाडी निकास संर्घष समिति घोषणा गरी आन्दोलित

दैलेख – दैलेख सदरमुकाममा कुन स्थानबाट लैजाने भन्नेबारे विवादित बनेको मध्यपहाडी लोकमार्गको चुप्राका स्थानीयहरुले मध्यपडाही निकास संघर्ष समिति गठन गरेर आन्दोलित भएका छन् । बुधवार चुप्रामा वृहत संवपक्षिय भेला बसेर समिति घोषणा गरि आन्दोलनका कार्यक्रम तय गरिएका हुन् । पुर्वदेखी पश्चिमसम्म मध्यपहाडी लोकमार्गको ट्रयाक खोली निकास पाईसकेको अवस्थामा दैलेख सदरमुकाममा विवादित भएको भन्दै चुप्राबासीहरुले लोहोरे, चुप्रा हुँदै श्रीस्थानबाट छामघाट पुलमा जोडिने गरी नयाँ निकासको बाटो सुल्झाउँदै समिति घोषणा गरेका चुप्राका स्थानीय तथा यूवा नेता ईमानसिह रानाले बताए । संर्घष समितिले विहीबार हस्ताक्षर संकलन गर्ने र शुक्रवार चुप्रामा बृहत अन्र्तक्रिया चलाएर स्थानीयहरुलाई जागरुप बनाउने कार्यक्रम तय भएको जनाईएको छ । चुप्राबासीहरुले देशको पहाडी भेकलाई उज्वल भविय बनाउने गरी सुरु गरिएको मध्यपहाडी लोकमार्गलाई विवादित बनाएर जिल्लामै बेज्यती भएको भन्दै निकासका लागि आफुहरु तयार भएको बताएका छन् । छिटै नै लोकमार्ग निकासका लागि आफ्ना मागहरु मध्यपहाडी लोकमार्ग डिभिजन कार्यालय दाङमा लिखित रुपमै जानकारी गराउने संर्घष समितिका सदस्य तथा विद्यार्थी नेता ईमानसिह रानाले जानकारी गराए ।
३५ सदस्यिय संर्घष समिति
रविन्द्रकुमार डिसीको संयोजत्वमा ३५ सदस्यित संर्घष समिति गठन भएको छ । समितिका सदस्यहरुमा युवराज तिमेल्सेना, दिपकराज पराजुली, जितबहादुर केसी, शेरबहादुर पराजुली, एकबहादुर राना, श्यामबहादुर राना, भक्तबहादुर केसी, मदन पाण्डे, खम्वबहादुर थापा, डम्वरबहादुर थापा, विरबहादुर भण्डारी, नगेन्द्रबहादुर थापा, ढालबहादुर थापा, मनबहादुर थापा, लोकबहादुर डाँगी, महारुप खत्री, चक्र केसी, टिका थापा, ओमप्रकाश गौतम, झवि केसी, गगन खत्री, छविलाल खत्री, लक्ष्मण थापा, कमलबहादुर भण्डारी, ज्ञानबहादुर खत्री, अर्ण खत्री, लोकेश थापा, रमेश सारु, टोपबहादुर खत्री, रमेश भण्डारी, दुर्गाप्रसाद गौतम र ईमासिह राना रहेका छन् ।

प्रतिक्रिया