लैङ्गिकता र सामाजिक समावेशिकरण तालीम शूरु

लैङ्गिकता र सामाजिक समावेशिकरण तालीम शूरु

खिमु केसी
सेभ द चिल्ड्रेन अन्र्तगत एकिकृत परियोजना लागु भएका ५ वटा जिल्ला बाजुरा, अछाम, कालीकोट, दैलेख र बाँके जिल्लाका जिल्ला शिक्षा कार्यालय र साझेदार संस्थाका कर्मचारीहरुकालागि ३ दिने लैङ्गिकता र सामाजिक समावेशिकरण तालीम बाँकेको नेपालगंजमा २० कार्तिक २०७२ देखी शूरु भएको छ GESI
सेभ द चिल्ड्ेनको आयोजनामा संचालीत तालीममा पाँच वटै जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरीक्षक, श्रोत ब्यक्तीहरु, बिद्यालयका शिक्षक र एकिकृत परियोजनाका साझेदार संस्थाहरु पिसविन बाजुरा, किर्डाक नेपाल, कालीकोट, सोसेक नेपाल, दैलेख, वाक नेपाल अछाम, र बाके युनेस्को क्लवबाँके अन्र्तगत एकिकृत परियोजनाका कर्मचारी र सेभ द चिल्ड्रेनका बालसंरक्षण अधिकृतहरुको गरि २८ जना सहभागीहरुको सहभागीता रहेको तालीम ३ दिन सम्म चल्ने सेभ द चिल्ड्रेनका संचार अभिलेखन तथा प्रतिवेदक संयोजक अम्विका प्रसाद तिमिल्सेनाले बताउनु भएको छ ।
५ वटै जिल्ला शिक्षा कार्यालय र साझेदार संस्थाका कर्मचारीहरुको लैगिकता र सामाजिक समावेशिकरण सम्वन्धि क्षमता अभिबृदीगरि बिद्यालयहरुका यो सोचाईलाई प्रभावकारी कार्यन्वयनगरि लैगिकता मैत्रीबातावरण सृजना गर्ने उदेश्यले आयोजना गरिएको तालीमको सहजीकरण त्रिभुवन विश्वबिद्यालय काठमाडौका प्राध्यापक सुसन आचार्य र पेसल खनालले गरिरहनु भएको छ ,

प्रतिक्रिया