सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

ज्वाला सन्देश सम्वाददाता
दुल्लु दैलेख , विषयगत कार्यालय र स्थानीय निकायले प्रवाह गरेका सार्वजनिक सेवा को प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई आज दुल्लुमा सम्पन्न भएको छ । SAM_4667

सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिहरु
सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिहरु

जिल्ला विकास समिति दैलेख र दुल्लु नगरपालिको संयुक्त आयोजना तथा धमाका राष्टिय दैनिकको सहजिकरणमा इलाका नं ८ अन्तर्गत द्रोणाचल क्याम्पस को प्रांगणमा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा १४० जना भन्दा बढि सेवा ग्राहि नागरिक, राजनीतिक दल, विषयगत कार्यालयहरुको प्रमुख एवं प्रतिनिधिको उपस्थिती भएको थियो । कार्यक्रममा आर्थक वर्ष ०७२।०७३ को प्रथम चौमासिकमा विषयगत कार्यालय, दुल्लु नगरापालिका र जिल्ला विकास समितिले सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिता को सम्बन्धमा ३० जना नागरिकहरुले आफनो गुनासो, प्रतिक्रिया र सुझावहरु सहित हाकाहाकी बहस गरिएको थियो ।
नागरिकहरु बाट प्राप्त भएका गुनासाहरुको सम्बोधन विषयगत कार्यालयहरुको तर्फबाट जवाफदेहि बक्ताको रुपमा जिल्ला विकास समितिको तर्फबाट निमित्त स्थानीय विकास अधिकारी बाबुराम नेपाली, दुल्लु नगरपालिका का कार्यकारि अधिकृत दिपेन्द्र शाही, इलाका प्रशासन कार्यालय का शाखा अधिकृत गंगाराम गिरी, दुल्लु अस्पतालका प्रमुख गोवर्धन थापा, इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरिक्षक दिपक थापा लगायतकाले गरेका थिय ।
सार्वजनिक सुनुवाई कार्यक्रम पश्चात उठेका गुनासा प्रतिक्रिया र सुझावहरुलाई सम्बोधन दुल्लु गर्दै नगरपालिकाको योजना तथा कार्यक्रमहरुलाई चुस्त दुरुस्त रुपमा संचालन गर्नको लागि अनुगमन योजना निर्माण गरी कार्यान्वयन गर्ने, दुल्लु अस्पतालमा यथाशिघ्र एम्बुलेन्सको व्यवस्थापन गर्ने, सार्वजनिक शान्ति सुव्यवस्था कायम गर्ने प्रतिवद्धता गरिएको थियो साथै लक्षित वर्गको लागि विनियोजन गरिएको रकम लक्षित वर्गमा नै खर्च गर्ने, दुल्लु नगरपालिकामा मंसिर मसान्त भित्र स्वस्थ प्रतिष्पर्धाका आधारमा कर्मचारि नियुक्ती गर्ने, लगायतका सार्वजनिक प्रतिवद्धताहरु गरिएको पर्येवेक्षकको रुपमा उपस्थित स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजनाका फिल्ड सुशासन अधिकृत चक्र बहादुर जि.सीले बताए ।

प्रतिक्रिया