चुप्राबाट मध्यपहाड लैजान पूर्वप्रधानमन्त्रीलाई ज्ञापनपत्र

चुप्राबाट मध्यपहाड लैजान पूर्वप्रधानमन्त्रीलाई ज्ञापनपत्र

गोविन्द केसी
दैलेख – सदरमुकाममा लामो समयदेखी विवादित भएको भन्दै मध्यपहाडी लोकमार्ग निकास संर्घष समिति चुप्राले मध्यपहाडी लोकमार्ग चुप्रा हुँदै लैजानको लागि पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई ज्ञापन पत्र दिएका छन् । समितिले चुप्रामा भएको भेटघाट कार्यक्रमै मध्यपहाडी लोगमार्गको ध्यानआर्कषण गर्दै ज्ञापनपत्र दिएका हुन् ।
उनीहरुले सदरमुकाममा ट्याक खोल्न नदिई ठेकेदारलाई बारम्वार फकाउने गरेकाले राष्ट्रिय गौरवको आयोजनालाई नै बदनाम गराउन खोजेको भन्दै निकासका लागि चुप्रा नै उत्तम रहेको संघर्ष समितिका सदस्यहरुले जोड् दिएका थिए । यसअघि सदरमुकामका ४ स्थानबाट पटकपटक ट्याक खोल्न सभाषद्सहित प्रमुख जिल्ला अधिकारी र आयोजनाका ईन्जिनियरको टोली गएपनि स्थानीयको अवरोधका कारण डोजरलाई कामै गर्न नदिई फकाईएको थियो ।
पूर्व प्रधानमन्त्रीलाई हामीले ज्ञापनपत्र दिएर मध्यपहाड निकासका लागि ध्यानआर्कषण गरेको संघर्ष समितिका सदस्य ईमानसिह रानाले बताए । यसअघि चुप्रामा समितिले विरोधका विभिन्न कार्यक्रम गरीसकेको छ । ज्ञापनपत्र बुझाएपछि आफुको मागप्रति गम्भिर भएर लाग्न अनुरोध गरेको संघर्ष समितिका संयोजक रविन्द्रकुमार डिसीले बताए । चुप्रा हुँदै मध्यपहाडी लोगमार्ग गए जिल्लाको धार्मीम पर्यटकिय क्षेत्र पंचकोशीबाट छामघाट जोडिए दैलेखको भविष्य नै परिवर्तन हुने चुप्राबासीले जिकिर गरेका छन् ।

प्रतिक्रिया