छोरालाई बचाउन बाईस बर्षदेखि झुण्डाएर राख्नुपर्ने बाध्यता

          |   प्रकाशित मितिः बिहिबार, मंसिर १७, २०७२     ::: 336 पटक पढिएको   |  

 दैलेख – ६ वर्षको उमेरदेखी नारायण नगरपालिका – ६ छातिकोटका लालबहादुर रानालाई हात खुट्टा बाँधेर भुण्डाएर राखीएको छ । उनी पुर्णअशक्त अपांगता भएकाले बचाउन बाईस बर्षदेखि झुण्डाएर राख्नुपरेको आमा देविसरा रानाले बताईन् । २७ वर्षिय लालबहादुरलाई शारीरिक अशक्ततताका कारण चोटपटक लाग्ने डरले घरपरिवारले डोरीे बाँधेर झुण्डाएर राख्नु परेको हो ।

विस वर्षदेखी घरमै झुण्डाएर राखीएका लालबहादुर राना । साथमा उनको आमा ।

विस वर्षदेखी घरमै झुण्डाएर राखीएका लालबहादुर राना । साथमा उनको आमा ।

लालबहादुर जन्मिसकेपछि विरामी हुँदा जिल्ला अस्पताल दैलेखमा निमोनियाको सुई लगाएपछि यस्तो असक्त हुँदै गएको बुवा देवानशिहं रानाले बताए । जन्मेको ५ बर्षसम्म हात खट्टा चल्ने भएपनि पछि खट्टा काप्ने एक ठाउँमा स्थिर नहुँने तथा लतारपछार भएर शरिरमा घाउहरु देखीन थालेपछि छोरालाई डोरीले बाँधेर झुण्डाएको देविसराले बताइन् । उपचारका लागि नेपालगंजसम्म पु¥याएपनि छोराको स्वास्थ्यमा सुधार नआएको उनको भनाई छ । ‘भुईमा घिसेर खट्टाान घाउ लाग्ने डरले ५ बर्षदेखी नै डोरीले बाँधेर राखेका हुँ’ आमा देविसराले भनिन् ‘उपचारका लागि सम्भव भएसम्म गर्दा समेत नभएपछि दुवै खुट्टामा कपडा गुथेर डोरीमा झुण्डाएर छोरालाई राख्नुपर्ने बाध्यता भयो ।’ दैलेखमा गत असार मसान्तसम्म अपांग परिचयपत्र २ हजार ५ सय ८९ जना लिएका छन । तिमध्ये ९ सय ९३ महिला र १ हजार ५ सय ९६ पुरुष रहेका छन् । ति मध्ये १ सय ३७ जना पुर्ण असक्त अपागता रहेको महिला तथा बालबालिका कार्यालयको रेर्कडमा उल्लेख छ । आमाको वेदनाहरु छोरालाई जन्माउदा भन्दा बढी पिडा हुकाँउन भएको छ । जन्माउने बेलाको प्रसव पिडाभन्दा पनि अँझ बढि तनावमा छोरालाई बचाउनुपर्ने बाध्यताले बढी चिन्तित हुने गरेको छु । घरपरिवारलाई हातमुख जोर्नको धाँै–धाँै परेको अवस्थामा छोराको हालतले हामीलाई झन दुखीत बनाउने गर्दछ । परिवारमा असक्त छोराको सबै सुरक्षा र खानपानको जिम्मा आफैले गर्ने गर्दछु । छोराका कारण बाईस बर्षदेखी राम्रो संग खान त के सुत्नसम्म राम्ररी पाएकी छैन । राती दिसा पिसाव गर्छ सोहोर्न पर्छ, सफा नगरि सुत्न मिल्दैन, पानी भन्छ रातदिन नभनेर छोराको हेरचार गर्ने गरेको छु । छोराका कारण भएको जग्गा जमिन पनि बेचियो । भएको बारीमा लगाएको अन्न वर्षमा ४ महिना पनि खान पुग्दैन । श्रीमानले अर्को विहे गरे । चेतनाको कमीले असक्त छोराका कारण गाउँसमाजले हेलाहाँ गर्छ भनेर श्रीमानले अर्को विहे गर्नु परेको बताउँछन् । अशक्त छोराका कारण थिचोमिचो सहेर पनि सौत्तासग मिलेर बस्नुपरेको छ । असक्त छोरा बृद्ध सासुको सुरक्षा तथा हेरचाहमा समय दिने गरेको छु । अहिलेसम्म सहयोग गर्ने कोही आएको छैन् । छरछिमेकमा कतिले त यस्तो छोरो जन्माइस भनेर घरमै आएर अभद्र शब्दहरु बोल्ने गर्दछन् । जस्ले जे भने पनि छोरा छोरी भनेको छोराछोरी नै हुन् । जस्तो भएपनि उनीहरुको मायाले सताउने गर्दछ । युवाकालका आफ्ना साथीसंगी माइतीदेखि रमाईला मेला पर्व तथा विवाह, बर्तवन्ध, पुजा लगायत रमाईलोमा जाने गर्दर्थे तर, २२ वर्षदेखी छोराकै स्याहारसुसारले जान पाएको छैन् । छोराका लागि सहयोग गर्नेहरु नहुँदा खिन्न लाग्ने गर्दछ । (आमा देवीसरा रानासंग गरिएको कुराकानीमा आधारित)



Leave a comment

Your email address will not be published.


*