ओझेलमा परम्परागत कोल

ओझेलमा परम्परागत कोल

भक्तबहादुर शाही⁄दैलेख
दैलेख,पुस १ गते । एक पटक यस्तो जमाना थियो । तेलहन पर्दाथ पेल्ने कोलको । तोरी पाक्ने वित्तिकै किसानले पालो माक्न जान्थे,कोलको मालिक कहाँ । तेल पेल्नको लागि दिनको निधो गर्थे,छरछिमेकीलाई ।

अब सम्झनामा : अछामको भैरवस्थान गाविसमा रहेको परम्परागत कोल । पछिल्लो समय पानी मिल र टुकेटुके मिल प्रयोगमा आउन थालेपछि परम्पारगत कोल लोप हुन थालेका हुन् ।
अब सम्झनामा : अछामको भैरवस्थान गाविसमा रहेको परम्परागत कोल । पछिल्लो समय पानी मिल र टुकेटुके मिल प्रयोगमा आउन थालेपछि परम्पारगत कोल लोप हुन थालेका हुन् ।

शुभकार्य र विवाहको लागि तेल पेल्दा मांगल सम्म गाँउने गरेको जम्बुकाँधकी जुना कामीले बताइन े । चाडपर्वमा विवाह बर्तबन्धनमा छोरा वा छोरी जन्मिएको बेलामा मात्र माँगलका गीत गाउँथियौं, उनले भनिन । दिनभरि तेल पेल्ने कामदारलाई बेलुका पख मालिकले हाटखुट्टामा लगाउनको लागि र घरको लागि तेल दिने गरेको सोही गाविसकी वसना कार्कीले बताइन ।
सडक सञ्जाल सँगै ग्रामिण बस्तीमा बजारको विस्तारले पोका तेल भित्रिएपछि परम्परा कोल ओझेलमा परेको तोलीजैसी गाविस –८ का ७५ वर्षिय लच्छी थापाको बुझाई छ । उनले भने “पोका तेल भित्रिएपछि मान्छेले बारीमा तोरी छर्न छाडे,कोलको प्रयोग हुनै छाड्यो ।”गाउँमा सञ्चालन भएका विभिन्न गैरसरकारी सँस्थाका कारण आधुनिक कोल ओझेमा परेको विशाला गाविसका कर्णबहादुर शाही बताए ।आईएनजिओ र एनजिओले गरिवी न्युनिकरण गर्ने उद्देश्यले अतिगरिव परिवारलाई आयआर्जनका लागि आधुनिक पानी मिल,टुकटुक मिल सहयोग गरेपछि परम्परागत कोलको प्रयोग हुन छाडेको उनको तर्क छ ।
एकातिर तोरीको उत्पादन कम हुनुले र अकोीतर पोका तेल आयात ह्वातै बढनुले आधुनिक कोलको प्रयोग हुन छोडेको सात्तला गाविसका दिर्घबहादुर थापाले बताए । उनले भने, “गाउँमा कृषकले गाई भैसी पाल्न छाडेकाले कम्पोष्टमलको कमी भई तोरी उत्पादनको असर आधुनिक कोलमा परेको हो ।”
तर शहर बजारमा पाइने पोका तेल भन्दा कोलमा पेलेको तेल ज्यादै स्वादिलो हुने हाडाकोटका राजबहादुर शाहीले बताउँछन । उनी भन्दछन् ः “पोका तेलमा न तागत छ न स्वाद तेल छ भन्नु मात्र हो ।” पोका निर्यातले मानिस अल्छी समेत बनेको उनको बुझाई छ । गाउँमा पोका तेल नहुँदा मानिसले जेनतेन गरि तोरी लगाउँथे,तेल भित्रिएपछि लगाउनै छाडे । कोलको तेलले बच्चा (बालख) जन्मिदा चिसोबाट बचाउन र सुत्केरीलाई सेक्न लाभदायिक भएपनि परम्परागत चलनले समयको बर्वाद गरेको सोही गाविसका गगनबहादुर सापकोटाले बताए । पोका तेलको भन्दा स्वाद राम्रो भएर के गर्ने । कोलमा पाँच छ जना लागेर पेल्नु पर्ने हुनाले समय खेर जाने हुदाँ आधुनिक मिल राम्रो हुने उनको बुझाई छ ।
गाउँघरमा पहिले आधुनिक मिल नहुँदा स्थानीयबासीले “एक टोल,एक कोल” बनाउने चलन थियो । कोलमा उखु,तोरी,चिउरी,तील लगायत तेहन पर्दा पेल्ने गरेको स्थानीयबासी बताउँछन् । कोल मात्र नभई आधुनिक घटट् पानी मिलका कारण परम्परागत अन्न पिस्ने जाँतो समेत लोप हुन लागेको पग्नाथकी अछाम भैरवस्थानका धनीराम विसीले बताए । स्थानीयस्तरमा उत्पादन तेलमा कुनै मिसावट नहुने भएकाले मानिसको स्वास्थ्यका लागि कोलमा पेलेको तेल महत्वपुर्ण मानिने प्राथमिक स्वास्थ्य केन्द्रका इन्र्चाज राजेन्द्र विसीले बताए ।

प्रतिक्रिया