करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर युवकको मृत्यु

हरि महर, वापी ।
गुजरातको वापी शहरमा मंगलबार एक नेपाली युवाको करेन्ट लागेर मृत्यू भएको छ । घटनामा परि अछाम जिल्लाको नवाठाना–६, निवासी कमल ठकुल्लाको निधन भएको हो । २४ वर्षीय किशोर ठकुल्ला वापी स्थित क्ररोसवय होटेलमा विगत ४ बर्षदेखि कार्यरत रहेका हाम्रा प्रतिनिधीले जानकारी दिएका छन् । त्यहाँ स्थित नेपाल न्यूजका प्रतिनिधी हरि महरका अनुसार त्यहाँ स्थित सक्रिय नेपाली सं–संस्थाहरु मूल प्रवाह, प्रनेस भारत र नेपाली एकता समाज भारतले संयूक्त रुपमा क्षतिपुर्तीका लागि होटल मालीक सँग पहल गरेका थिए । मृतक ठकुल्लाको बुधबारै दाहसंस्कार समेत गरिएको छ ।

प्रतिक्रिया