संविधानमा लेखिएका कुरा नेपालको हितमा छ ः खड्का

संविधानमा लेखिएका कुरा नेपालको हितमा छ ः खड्का

दैलेख, पुस ५ – नेपाली कांगे्रस सहमहामन्त्री पूर्व गृह मन्त्री पूर्णबहादुर खड्काले हालै जारी भएको संविधानमा लेखिएका सबै कुरा जनताको हितमा भएको बताउनु भएको छ ।

रेडियो दुल्लुको उद्दघाटन मन्तव्य व्यक्त गर्दै नेपाली काग्रेसका नेता पुर्ण वहादुर खड्का

आज दुल्लू एफएमको उद्घाटन गर्दै उहाँले भन्नुभयो ‘तर यी कुरा थप्नु पर्छ भनी सुझाव कसैले राख्छ भने संविधान समृद्ध बनाउन सघाउ पुग्ने छ ।’
पूर्व गृह मन्त्री खड्काले भारतले लगाएको नाकावन्दी नेपालको कुटनीतिक असफलता र भारतको अकर्मण्य भएको औल्याउनुभयो ।
त्यस बखत दैलेख–२ का साँसद लक्ष्मीप्रसाद पोखरेलले समाजको चेतनास्तर उठाउन सञ्चालक निष्पक्ष हुनु पर्ने आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले हरेक राजनीतिक असहजताको समयमा काँग्रेस नेतृत्वले निकास निकाल्न सघाएको र मधेस मुद्दाको समाधानमा काँग्रेस जुटेको बताउनुभयो ।
रेडियो दुल्लू सञ्चालक समितिका अध्यक्ष सीता रानाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा क्रान्तिकारी (माओवादी)का सहसचिव हर्कबहादुर शाही, शिक्षक बालाराम उपाध्याय, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नमनकुमार शाही लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रम सामाजिक सेवा संचार सहकारी लि.का अध्यक्ष सीता कुमारी रानाको अध्यक्षतामा भएको थियो ।
त्यस बखत विभिन्न साँस्कृतिक गीत तथा झाँकीहरु प्रस्तूत गरिएको थियो ।

प्रतिक्रिया