मदिरा सेवनबाट मृत्यु

मदिरा सेवनबाट मृत्यु

ज्वालासन्देश सम्वाददाता
दैलेख,पुस १४ गते । मदिरा सेवनबाट दैलेख जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका वडानं –३ का ४० वर्षिय कर्णबहादुर नेपाली (सार्की ) हुन् । आफन्तको मलामी गएका सार्कीको अत्याधिक मदिरा सेवनले चिसोमा कठ्याग्रीएर मृत्यु भएको हुन सक्ने प्रहरी निरिक्षक मोहन जंग बुढथापाले बताए । उनले भने,सार्कीको मृत्यु चिसाले हुन सक्ने अनुमान गरिएपनि पुष्टि गर्नको लागि अनुसन्धान कार्य जारी छ । मृतक शव नारायण नगरपालिका –२ को जंगलमा पुस १२ मा भेटिएको थियो ।

अत्याधिक मदिरा सेवनले जिल्लामा पाँच जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले मदिरा सेवन नगर्न अपिल गरेपनि अवैध मानिएको घरेलु मदिरा खुल्ला रुपमा विक्रि वितरण रोक्न प्रहरी पहल नगरेको जिल्लाबासी गुनासो छ ।

प्रतिक्रिया