कार्यकर्ता भेटघाट

कार्यकर्ता भेटघाट

ज्वाला सन्देश सम्वाददाता
दैलेख– रेडियो पञ्चदेवलको उद्घाटन गर्नका लागि पूर्व भौतिक योजना तथा संञ्चार मन्त्रि विमलेन्द्र निधी अछाम जाने क्रममा दैलेखको तल्लो डुगेश्वरमा दैलेख जिल्लाका नेता तथा कार्यकर्ता संग भेटघाट भएको छ । Nidhi1भेटघाटको क्रममा नेपालको संविधान संसोधन सिमाङकन विवाद,मधेशी मोर्चा सवै दलसंग समझदारी कायम गरी छिटो भन्दा छिटो निकास निकाल्नु पर्ने र कार्यान्वयन तिर नेपाली कांग्रेसको जोड रहेको वताउनु भयो । तेह्रौ महाधिवेसनका लागि सवै तहका कार्यकर्ता एक भएर लाग्नु पर्ने र नरहरी आचार्यको संयोजकत्वमा गठित आयोगको अन्तिम प्रतिवेदननै तेह्रौ महाधिवेशनका लागि अन्तिम मतदाता रहने निधीले वताउनु भयो ।

प्रतिक्रिया