दुल्लू नगरपालिकाको बजेट ८ करोड

दुल्लू नगरपालिकाको बजेट ८ करोड

ज्वाला सन्देश सम्वाददाता
दैलेख २१ पुस–दुल्लू नगरपालिकाको पहिचान ऐतिहाँसिक तथा पुरातात्विक सम्पदाको संरक्षण र विकास हाम्रो अभियान भन्ने मुल नारका रहेको दुल्लु नगरपालिकाले आव ०७३÷०७४ को नगर परिषद मार्फत प्रास्तावित वजेट सार्वजनिक गरेको छ ।SAM_6236 SAM_6228
तेस्रो नगरपरिषद को वजेट सार्वजनिकरण कार्यक्रमको अवसरमा सोमवार दुल्लू नगरपालिकाका कार्यकारी अधिकृत दिपेन्द्र बहादुर शाहीले कुल ८ करोड ३७ लाख १९ हजार १ सय को प्रस्तावित वजेट सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०७३÷०४ को पुजिँगत तर्फ कुल ४ करोड ३२ लाख १९ हजार १ सय रहेको छ भने चालु तर्फ ४ करोड ४ लाख ४० हजार रुपैया प्रस्तावित गरिएको छ ।
यस मध्य पुँजिगत तर्फको विनियोजित अनुदान वजेट साझेदारी कार्यक्रम, लक्षित कार्यक्रम संचालन र साना तथा ठुला विकास निर्माणका पूर्वाधारमा खर्च गरिने, साथै चालु तर्फको विनियोजित वजेट कर्मचारी तलव भक्ता तथा कार्यालय संचालनको विभिद क्षेत्रमा खर्च गरिने कार्यकारी शाहीले बताए । ‘स्थानीय स्वायत्त शाशन ऐन नियमावली र प्रचलित ऐन कार्यविधि अनुसार समुदायको मागलाई सम्वोधन गर्ने प्रयास गरिएको छ’ शाहीले भने, ‘यसै अनुरुप यस दुल्लू नगरपालिकाले वार्षिक नीति कार्यक्रम तथा वजेट प्रस्तावित गरिएको छ ।’
दुल्लू नगरपालिकाको आ.व ०७३÷०७४ को प्रस्तावित वजेट अन्तरगत महिला लक्षित कार्यक्रममा कुल १९ लाख १९ हजार १ सय, वालवालिका लक्षित कार्यक्रममा कुल १९ लाख १९ हजार १ सय, दलित, जेष्ठ नागरिक, अपांग, पिछडावर्ग लक्षित कार्यक्रममा २८ लाख ७८ हजार ६ सय ५०, कृषि लक्षित कार्यक्रममा २८ लाख ७८ हजार ६ सय ५०, र प्रवद्धनात्मक कार्यक्रममा ३८ लाख ३८ हजार २ सय विनियोजन गरिएको छ । साथै आर्थिक सामाजिक र भौतिक पूर्वाधार विकास कार्यक्रममा ५७ लाख ५७ हजार ३ सय विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
तेस्रो नगरपरिषदको उद्घाटन समारोहमा वोल्दै प्रमुख अतिथी संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्री कुन्ती कुमारी शाहीले नगर तथा गाविसमा विनियोजित वजेट सहि ठाउँमा सदुपायोग गर्न आग्रह गरेकी थिइन् । क्षेत्र नं. १ का सांसद अमरबहादुर थापाले हरेक विकास निर्माणका काममा राजनितिक पूर्वाग्राही नराखी योजनाहरु पारदर्शी ढंगले सम्पन्न गर्न जिल्लावासीमा आग्रह गरेका छन् ।

प्रतिक्रिया