राज्य र सशस्त्र दुबैका पींडा उस्तै ः प्रजिअ

राज्य र सशस्त्र दुबैका पींडा उस्तै ः प्रजिअ

दैलेखका प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले सशस्त्र द्वन्द्वको समयमा राज्य र बिद्रोही पक्ष दुबैले दिएका यातना र पींडा एकै प्रकृतिको भएको बताउनुभएको छ । स्थानीय शान्ति समितिद्वारा दैलेख सदरमुकाममा आज आयोजित नयाँ संविधानका उल्लेख्य अन्तरबस्तु सम्वन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो विचार राख्नु भएको हो । News 2072.9.24 (1)
प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो ‘राज्य वा बिद्रोही जसबाट पीडित भए पनि पींडा एउटै हो ।’ उहाँले प्रष्ट्याउनु भयो ‘पीडितलाई सरकारले दिएको राहत मात्र मनको पींडा कम हुँदैन, यस्ता छलफल अन्तरक्रियाले सामाजिक सहिष्णुता र भाईचारको विकास गर्न सहयोग पुग्छ ।’
नेपालको संविधान २०७२ को सन्दर्भ जोड्दै घिमिरेले नेपालको संविधान बिश्वकै उल्लेख्य लोक कल्याणकारी भएको बताउनुभयो । उहाँले तर्क राख्नुभयो ‘नयाँ संविधान शान्ति र समृद्धिको आशा गरेर ल्याइएको हो । तर मधेसमा राजनीतिक कारणले अपवाह बनाइएको छ ।’
स्थानीय शान्ति समितिका संयोजक रणबहादुर सिंह, सदस्य पार्वती बिशुन्के, सदस्य सावित्री मल्लले पनि स्थानीय शान्ति समितिले सम्पादन गरिरहेको काम र भावी दायित्व बारे प्रकाश पार्नुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा अधिवक्ताद्वय ललितबहादुर थापा र यामराज थापाले नेपालको संविधानमा उल्लेखित नागरिक हक, लोक कल्याणकारी शासन विधि र समावेशीकरण सन्दर्भमा सहजीकरण गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा नागरिक समाज, राजनीतिक दल, सामुदायिक सेवामा क्रियाशील विभिन्न क्षेत्रका अगुवा अधिकारकर्मीहरुको सहभागिता थियो ।

प्रतिक्रिया