परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

ज्वाला सन्देश सम्वाददाता
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको जिल्ला स्तरीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न भएको छ । तथा परियोजना सल्लाहकार समिति अध्यक्ष स्थानीय विकास अधिकारी हरी प्याकुरेलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे ज्यूको प्रमुख आतिथ्यतामा भएको थियो ।

जिल्ला परियोजना सल्लाहकार समितिको वैठकमा कार्यक्रम प्रस्तुति गर्दै कार्यकारी निर्देशक डम्वर वहादुर कार्की
जिल्ला परियोजना सल्लाहकार समितिको वैठकमा कार्यक्रम प्रस्तुति गर्दै कार्यकारी निर्देशक डम्वर वहादुर कार्की
जिल्ला परियोजना सल्लाहकार समितिको वैठकमा भनाई राख्दै स्थानीय विकास अधिकारी हरि प्याकुरेल
जिल्ला परियोजना सल्लाहकार समितिको वैठकमा भनाई राख्दै स्थानीय विकास अधिकारी हरि प्याकुरेल

विभिन्न साझेदार संस्थाहरुसंगको साझेदारीमा सञ्चालन गरेका १० वटा परियोजनाहरुलाई पारदर्शी, सुव्यवस्थित र सरोकारवाला निकायसंग अझ बढी समन्वय बढाउन सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले जिल्ला परियोजना सल्लाहकार समिति गठन गरेको हो ।
त्यस बखत सोसेकका कार्यकारी निर्देशक डम्बरबहादुर कार्कीले उत्थानशिल जिविकोपार्जन तथा दिगो खाद्य सुरक्षा परियोजना, खानेपानी सरसफाई तथा जिविकोपार्जन कार्यक्रम, जलश्रोत व्यवस्थापन कार्यक्रम, उच्च मुल्य वस्तु विकास परियोजना, एकिकृत सामुदायिक विकास परियोजना, महिला युवा तथा वाल अधिकार प्रवद्र्धन कार्यक्रम, ग्रामिण पहुँच कार्यक्रमको (तेश्रो चरण) सामाजिक आर्थिक विकास कार्यक्रम, शिक्षा वाल संरक्षण वाल अधिकार शासन सम्वन्धी एकीकृत परियाजना, मुल पुर्नरभरण कार्यक्रम, अधिकारमुखी जिविकोपार्जन परियोजना सञ्चालन गरेका विभिन्न क्रियाकलापको प्रगति एवम् आगामी कार्यक्रमको वारेमा जानकारी गरिएको थियो ।
साथै सो कार्यक्रममा सेभ द चिल्डे«न र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालन भइरहेको एकीकृत परियोजनामा १० गाविसमा शिक्षा, बाल संरक्षण र बालअधिकार शासनका क्षेत्रगत क्रियाकलापको प्रगति तथा आगामी कार्यक्रम वृत्रितरुपमा प्रस्तूत गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले राकमकर्णाली गाविसका ५१ एचआईभी संक्रमित परिवारको आयआर्जनमा सहयोग खोज्न आग्रह गर्नुभयो । वैठकका अध्यक्ष स्थानीय विकास अधिकारी हरी प्याकुरेलले विषय र कामका प्रकृति मिल्ने कार्यक्रमहरु सरकारी तथा गैरसरकारी निकायसंग समन्वय प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो ।
वैठकमा ती परियोना अन्र्तगत सन् २०१५ संचालित क्रियाकलापहरुको समीक्षा तथा आगामी वर्ष सन् २०१६ मा संचालन गरिने कार्यक्रम विवरण तथा प्रभावकारी कार्यान्वयको कार्ययोजना सन्दर्भमा छलफल भएको थियो ।
समाज कल्याण परिषद्को नियम अनुसार गठित परियोजना सल्लाहकार समितिका सदस्यहरुमा विकाससंग संवन्धित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुका साथै महिला तथा वालवालिकाको उपस्थिति थियो । सोसेकले परियोजना सल्लाहकार समितिको वैठक अर्धवार्षिक रुपमा बसाल्दै आएको छ ।

प्रतिक्रिया