रेल दुर्घटनामा एकको मृत्यु

मुम्बई, २५ माघ । छोरालाई भेटने सिलसिलामा मुम्बई आएका एक ब्यक्तिको मलाड स्थित चिञ्चोली फाटक क्रस गर्ने क्रममा रेल दुर्घटनामा परि एक व्यक्तिको मृत्यू भएको छ । कालागाँउ गाविस ६ अछाम स्थायी घर भएका कम्माने दमाइको निधन भएको छ । मृतक दमाइ भारतको कोटामा रहेको आफन्तलाई भेटन भनेर गत पौष १ गते मात्रै नेपालबाट आएका थिए । मृतकको रेल ठक्करले घटनास्थलमै मृत्यू भएको थियो भने भगवति हसिपटलमा उनको शव पोस्टमार्टम पश्चात अखिल भारत नेपाली एकता मञ्चका उत्तर मुम्बई जिल्ला अध्यक्ष रविन्द्र तिरुवा, प्रकाश परियार, उनका छोराहरु जोगी दमाइ र नेत्र दमाई लगायतका आफन्तहरुको उपस्थितीमा वोरीवली पुर्व स्थित दौलत नगर श्मसान भुमिमा अन्तिम दाहसंस्कार समेत गरिएको बताइएको छ ।
प्रतिक्रिया