बालक हेरचाह देखी स्कुल सम्म

बालक हेरचाह देखी स्कुल सम्म

ज्वाला सन्देश सम्वाददाता
दैलेख,माघ २८ गते । दैलेखको पश्चिम राकमकर्णाली ९ की १७ वर्षिया कोकीला माझीलाई विद्यालय जाउला पढौला भन्ने सय मनमा एक मन पनि थिएन । नावालकमै आमा बाबुले बालबच्चा हेरचाह गर्ने गोठाला बनाई दिएपछि पढने रहर पुरा हुन सकेन । नौ वर्षसम्म उसले स्कुलको अनुहार देखिनन् । भाई बहिनी हेरचाहमै दिन विताइन ।

नौ वर्ष पहिले भाई बहिनीको पिठ्युमा बोकेर हेरचाह गर्दै कोकिला माझी
नौ वर्ष पहिले भाई बहिनीको पिठ्युमा बोकेर हेरचाह गर्दै कोकिला माझी
अछामको चण्डिका मावि स्कुलबाट घर फकिदै कोकिला माझी
अछामको चण्डिका मावि स्कुलबाट घर फकिदै कोकिला माझी

अर्कोको घरमा जाने छोरीलाई पढाउनु हुन्न भन्ने अन्धविश्वासका साथ आमा बाबुले पढन पठाएका थिएनन् । घरको काम धन्दा र भाई वहिनीको हेरचाहमा नौ वर्ष विताइन् । पढाईले भविष्य सप्रिने अनविज्ञ कोकिलाको लागि शिक्षाका लागि संयूक्त कदम कार्यक्रमले पढाईको लागि ढोका खोलिदियो । नौ वर्षको उमेरमा विद्यालय भर्ना भईन । उनी श्री चण्डिका मावि काँलेकाडा अछाम कक्षा ८ मा अध्ययनरत छन् । उनी भन्छिन ः ʿम विद्यालय नगएको भए मेरो जीवन घाँस दाउरा गरेर वित्यो होला ।” छोरीको लगनशिल पढाई देखेर आमा बाबु पनि खुशी छन् । पहिले छोरीले पढनु हुँदैन भन्ने बाबु जयरुप माझी छोरीलाई एसएलसी पास गराउने सपना देखेका छन् । उमेर पुगेका कोही चेलीभेटी घरमै देखेपछि स्कुल पठाउन सल्लाह दिन्छु । कार्यक्रम नआई दियाँ मेरी छोरीको जीवन डामाडोल हुन्या थियो जिव्रो टोक्दै उहाँले भन्नुभयो
नेपाल सरकारले स्न २०१५ सम्म उमेर पुगेका बालबालिका विद्यालय भर्ना गर्ने प्रत्येक नेपालीलाई आधारभुत शिक्षा प्रदान गर्न उद्देश्यका साथ कार्यक्रम सञ्चालन गर्ने लक्ष्य सहयोग गर्न राकमकर्णालीमा सेभ द चिल्ड्रनले कार्यक्रम सञ्चालन गरेको थियो । सरकारले ल्याएको “ सवैका लागि शिक्षा” अभियानलाई सहयोग पु¥याउनका लागि जिल्लामा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुले शिक्षा कार्यक्रम सञ्चालन गरेको निमित्त जिल्ला शिक्षा अधिकारी तेजबहादुर थापाले जानकारी दिनुभयो । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना र सामुदायिक स्कुलमा शिक्षाको गुणस्तर सुधार ल्याउनको लागि कार्यक्रम सञ्चालन गरिएको हो उहाँले थप्नुभयो ।
सेभ द चिल्ड्रेन नेपालको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहजिकरणमा सन् २००९ मा दैलेख जिल्लाका छ वटा गाउँ विकास समिति सात्तला, सिगौडी, तोलिजौसी, तिलेपाटा,सिहासैन र राकमकर्णालीमा शिक्षाका लागि सयूक्त कदम कार्यक्रम संचालन गरेको थियो । वालवालीको शिक्षा पाउने अधिकारलाई सुरक्षित गर्न सहयोग मात्र नभइ दैलेखमा पुर्व प्राथमिक कक्षा १ देखी ३ कक्षाका वालबालिका वसाइ व्यवस्थापन काम गर्र्दै आएको छ ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापाले कोकिला माझीलाई हालसम्म हरेक वर्ष वेला वेलामा आफ्नो व्यक्तिगतरुपमा कापी कलम किन्नलाई सहयोग गरिरहेको कोकिला माझीले वताईन् ।

प्रतिक्रिया