स्थानीय अग्रसरताले श्रोत जुटाउँछ ः योगी

स्थानीय अग्रसरताले श्रोत जुटाउँछ ः योगी

जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख बरिष्ठ कृषि विकास अधिकृतले स्थानीयको अग्रसरता र लगनशीलताले विकासका संभावना र श्रोत जुटाउने बताउनुभएको छ । साना तथा मझ्यौला आयस्तर बृद्धि आयोजनाको सहयोगमा राइली कृषि सहकारीको आयोजनामा बिन्ध्यवासिनीमा आज भएको कृषक अन्तरक्रिया कार्यक्रममा सो धारणा राख्नु भएको हो ।Bindabasini
उहाँले बिन्ध्यवासिनीको भौगोलिक बनोट, कृषकहरुको क्रियाशीलता र गैससहरुको तत्परताले कृषि उत्पादकत्व उत्पादनमा राम्रो प्रतिफल प्राप्त भएको आफ्नो अनुगमनबाट पाएको बताउनुभयो । स्थानीयको जिज्ञासामा बिन्ध्यवासिनीमा कार्यालयले गर्न सक्ने सहयोग गर्ने बरिष्ठ कृषि विकास अधिकृत योगीले प्रतिवद्धता जनाउनुभयो ।
सहकारीका अध्यक्ष रत्ना शाहीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा पत्रकार अमर सुनार, बिन्ध्यवासिनी गाविसका सचिव युवराज हमाल, सम्पूर्ण दलका तर्फबाट काँग्रेस प्रतिनिधि हेमराज खत्री र सहकारीका लेखा संयोजक महेन्द्र मल्लले स्थानीय समस्या र जिल्ला स्तरबाट गर्नुपर्ने सहयोगका क्षेत्र विषयमा प्रकाश पार्नु भएको थियो ।
करिव ६ हजार जनसंख्या रहेको बिन्ध्यवासिनी गाविसमा साना तथा मझ्यौला आयस्तर बृद्धि आयोजना, सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख, सुडेक, किसान परियोजना, एभरेष्ट क्लव, सहास नेपाल लगायत गैरसकारी संस्थाहरुले कृषि उत्पादकत्व बृद्धि र बजारीकरणको विकासमा काम गर्दै आएपछि स्थानीय कृषकहरु कृषि व्यवसायमा अग्रसर भएका छन् ।

प्रतिक्रिया