जिल्ला परिषद्को तयारी भब्य

          |   प्रकाशित मितिः शुक्रबार, फाल्गुन १४, २०७२     ::: 228 पटक पढिएको   |  

दैलेख, फागुन १३ –दैलेखमा २४ औं जिल्ला परिषद्को तयारी भब्य गरिएको छ । ५ वटा उपसमितिहरु बनाएर परिषद्को तयारी भब्य गरिएको हो । उपसमितिहरु मार्फत आज हुन लागेको परिषद्को तयारी भब्य गरिएको हो । जिविस हलमा हुने परिषद्का लागि जिविस गेटदेखी नै सरसफाई र सजावट कार्यक्रम स्थल हलसम्म भब्य बनाईएको छ ।
गृह जिल्लाको २४ औं जिल्ला परिषद्को प्रमुख अथिति स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले ग्रहण गर्ने कार्यक्रम रहेको जिविस दैलेखले जनाएको छ । त्यस्तै क्षेत्र नम्वर १ का सासद अम्मरबहादुर थापा र क्षेत्र नम्वर २ का सांसद लक्ष्मीप्रसाद पोखरेल, सांसद ललिता रेग्मी, जिल्ला अदालत दैलेखका न्यायधिस र प्रमुख जिल्ला अधिकारी विशेष अतिथिका रुपमा निम्त्याईएको जिविसले जनाएको हो । बस्तीतह हुँदै आएका योजनाहरुलाई प्राथमिकता दिईएको स्थानीय विकास अधिकारी हरि प्याकुरेलले बताए । यसअघि कृषि, पर्यटन र पूर्वाधार दैलेख तिन आधार भन्ने नारा परिवर्तन गरिएको छ । परिवर्तन गरिएको नारामा ब्यवसायकि कृषि, जलस्रोत, पर्यटन र गुणस्तरीय पूर्वाधार, सुशासनयुक्त र समुनत दैलेखका मुल आधार रहेको छ ।



Leave a comment

Your email address will not be published.


*