झाडापखालाले २ बालकको मृत्यु ।।

झाडापखालाले २ बालकको मृत्यु ।।

दैलेखको पश्चिममा पर्ने लयाँटिविन्द्रासैनी गाविसमा झाडापखालाका कारण २ बालकको मृत्यू भएको छ । गए राति केशब नेपालीका ६ महिनाका छोरा र टोपबहादुर शाहीका साढे २ बर्षका छोरा विकास शाहीको मृत्यु भएको छ । नेपालीका छोराको गएराति उपचारको लागी सुर्खेत लैजाँदै गर्दा कर्णाली राजमार्गको पाली भन्ने ठाउँमा ज्यान गएको स्थानीय बासिन्दा रुद्रबहादुर शाहीले जानकारी दिनु भयो । यस्तै अन्य विरामी बालबालिकाको सुर्खेतको देउति नर्सिङ होममा उपचार भैरहेको र किरण चौलागाईका ८ महिनाका छोराको जिल्ला अस्पताल दैलेखमा उपचार भैरहेको जनाईएको छ । अन्य विरामी १० जना भन्दा बढिको पादुका खोलाको मेडिकल र ३ जनाको रत्न मेडिकलमा उपचार भैरहेको छ । स्वास्थ्य चौकी बाट उपचार तथा परामर्श नपाएको भन्दै स्थानीय बासिन्दा आक्रोशीत भएको पत्रकार रत्न शाहीले बताउनु भयो ।

प्रतिक्रिया