महिलाको राम्रो आम्दानीको स्रोत व्यूटीपार्लर व्यवसाय

महिलाको राम्रो आम्दानीको स्रोत व्यूटीपार्लर व्यवसाय

दैलेख –विगतमा नेपाली समाजमा नक्कल पार्ने व्यवसायका रूपमा हेरिने ‘ब्यूटी पार्लर’ व्यवसाय हाल महिलाको राम्रो आम्दानीको स्रोत बन्न पुगेको छ । यो व्यवसायवाट महिलाहरुले राम्रो आम्दानी हुने देखेपछि पछिल्लो समय दैलेखमा व्युटीपार्लर व्यवसाय वढ्दै गएको हो ।

सदरमुकाममा दैलेख वजारमा भरखरै संचालनमा ल्याउँने तयारीमा रहेको पशुपति न्युटीपार्लर
सदरमुकाममा दैलेख वजारमा भरखरै संचालनमा ल्याउँने तयारीमा रहेको पशुपति न्युटीपार्लर

समाजको विकासक्रमसँगै कम लगानी, व्यवसायप्रतिको बढ्दो आकर्षण र यसलाई हेरिने मानसिकतामा भएको परिवर्तनकै कारण यो व्यवसाय फस्टाउँदै गएको छ । हिजोको निरक्षर समाजका सामु यो व्यवसाय गर्ने महिला मात्र नभएर यसका ग्राहकसमेत सेवा लिन लुकेर आउनुपर्ने अवस्था भएको दैलेख उद्योघ वाणिज्य संघका अध्यक्ष शान्तीप्रसाद शर्मा बताउँछन् । ‘अहिले त्यो अवस्था बदलिएको छ, आधुनिक फेशन र बजारीकरण हुन थालेपछि व्युटीपार्लर व्यवसाय फस्टाउदै गएको हो’ शर्माले भने, ‘थोरै लगानीमा पनि व्यवसाय गर्न सजिलो हुने भएकाले पछिल्लो पटक समय परिवर्तन मागका आधारमा जिल्लामा व्युटीपार्लर खोलिएको छ ।’ जिल्ला सदरमुकाम सात वटा व्युटीपार्लर सञ्चालनमा छन् ।
व्युटीपार्लर व्यवसायलाई बढाउनका लागि उद्योग वाणिज्य संघ दैलेख र जिल्ला घरेलु कार्यालयले २० जनालाई व्युटीपार्लर व्यवसाय तालिम सञ्चालन गरेको उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष शान्ती प्रसाद शर्मा जानकारी दिए । ‘जिल्ला सदरमुकाम मात्र सिमित रहेको व्यवसायलाई जिल्ला भन्दा वाहिरका साना वजारहरुमा पनि विस्तारको लागि तालिम सञ्चालन गरेका हौ’ शमाले भने, ‘राम्रो आम्दानी हुन थालेपछि छोटो समयमै जिल्लामा यो व्यवसाय गर्ने महिलाहरुको संख्या वढेको छ ।’
व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि किशोरीको लागि व्युटीपार्लर आर्कषणका केन्द्र विन्दू बनेका छन् । शरिरमा सुन्दरता ल्याउनका लागि खोलिएका व्युटीपार्लर सोचे जस्तो नगद आम्दनी हुन थालेपछि जिल्ला सदरमुकाममा पशुपति न्युटीपार्लर खोलेको १९ बर्षिया दीपा भारतीले जानकारी दिईन् । ‘व्यवसायबाट आम्दानीका साथै आत्मनिर्भर हुने भएकाले मैले यो पेशा अंगालेको हो’ उनले भनिन्, ‘पढेर पनि जागिर नहुने र विदेशमा भौतारीन भन्दा आफ्नै ठाउँमा केहि आम्दानी गर्न सक्छु भनेर यो व्यवसाय रोजेकी हुँ ।’ यो सेवा लिन चाहने महिलालाई परिवारका सदस्य तथा उनकै श्रीमान समेत छोड्न आउने गरेको व्यवसायीहरू बताउँछन् । सौन्दर्यको यो व्यवसायले व्यावसायिक रूप मात्र लिएको छैन, यसले सेवा लिने र दिने दुवै पक्षका विभिन्न आवश्यकता पूरा गर्नमा ठूलो सहयोग गरेको दैलेख उद्योग वाणिज्य संघ दैलेखका महासचिव नरेन्द्र थापा वताउँछन् ।
शिक्षाको विकाससँगै पढेर पनि खाली बस्न नचाहने महिलाहरू यो व्यवसायतर्फबढी आकषिर्त भएको एञ्जल व्युटीपार्लर सञ्चालिका कमला थापाले बताइन् । अन्य व्यवसाय भन्दा कम लागानीमा चल्ने यो व्यवसायवाट दैनिक ३ हजार देखि ४ हजार सम्म आम्दानी हुने गरेको उनि वताउँछिन् ।
केही समयअघिसम्म शहर वजारका नारीको मात्र राम्री हुने चाहना पूरा गरेको यो व्यवसायले ग्रामिण भेगका नारीहरुको समेत मन लोभ्याएको छ । यो व्यवसायबाट राम्रो आम्दानी भएकै कारण नारीहरू यसप्रति आकर्षित भएको थापाको भनाई छ । ‘हिजो जस्तो लुकेर आउने अवस्था नभएको र सौन्दर्य व्यवसायीलाई हौसला मिलेको छ’ संचालिका थापाले भनिन्, ‘यस व्यवसायबाट आम्दानीसमेत मनग्ये हुने गरेको छ ।’ महिलाहरूको राम्रो आम्दानीको स्रोत बनेकै कारण यो व्यवसायमा महिलाहरू होमिएका हुन् ।

प्रतिक्रिया